मुस्ताङमै महंगियो भेडा च्यांग्रा

सुन्दरकुमार थकाली २०८० असोज २५ गते ८:२१

जोमसोम ।
यस वर्ष पनि भेडा, च्यांग्रा मुस्ताङमै महंगो भएका छन् । कोेभिड तथा सुरक्षा संवेदनशीलताका कारण छिमेकी चीनले उत्तरी कोरलानाका ४ वर्षदेखि बन्द गर्दा बर्सेनि मुस्ताङमा भेडा, च्यांग्राको भाउ आकासिँदै गएको छ ।


मुस्ताङबाट यस वर्ष ७ देखि ८ हजार भेडा, च्यांग्रा बाहिरिने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमका पशु चिकित्सक लालमणि आचार्यले बताए । जोमसोमबाट करिब ३८ सय भेडा, च्यांग्राको पशु निरोगिताको प्र्रमाणपत्र उपलब्ध गराइएको छ । थप १ हजार भेडा, च्यांग्रा सम्पर्कमा आएको पशु चिकित्सक आचार्यले बताए ।


मुस्ताङमा डोल्पा र उपल्लो मुस्ताङबाट भेडा, च्यांग्रा ल्याइएको हो । गत वर्षभन्दा भेडा च्यांग्रा कम आएका छन् । ‘नाका खुलेको छैन । डोल्पा र मुस्ताङका मात्र च्यांग्रा सम्पर्कमा आएका हुन्,’ पशु चिकित्सक आचार्यले भने, ‘बुधबारसम्म ५ हजार जति च्यांग्रा मुस्ताङबाट बाहिरिएका छन्, अब आउने क्रम कम भइसकेको छ ।’

Advertisement


यस पटक भेटेरिनरी अस्पतालका पशु चिकित्सक आफैंले फिल्डमै खटिएर पशुचौपाया निरीक्षण गरेका छन् । विगतमा भेडा च्यांग्रा निरीक्षण नगरी पशु कार्यालयबाटै निरोगिताको प्रमाणपत्र दिने गरिएको थियो । अस्वस्थ्य भेडा, च्याग्रा उपचार गरेरपछि बिक्री गर्न सुझाव दिइएको पशु चिकित्सक आचार्यले उल्लेख गरे ।

उपल्लो डोल्पा र उपल्लो मुस्ताङका पशुपालकले व्यवसायिक रुपमा भेडा, च्यांग्रा पालन गर्ने गरेका छन् । तिब्बतबाट पाठापाठी ल्याएर वयस्क बनाएपछि मासुका लागि उपल्लो मुस्ताङका पशुपालकले जोमसोम ल्याउँथे । नाका नखुल्दा मुस्ताङका सीमित पशुपालकले पालेका भेडा, च्यांग्रा माग थेग्न मुस्किल भएको हो ।

Advertisement

हामीले एउटै च्यांग्रामा गत वर्षभन्दा ५/६ हजार बढी ति¥यौ, पोखरा पु¥याउँदा ५० हजार त भन्नै पर्छ ।’

नाका नखुल्दा भेडा, च्यांग्राको मूल्य आकासिएको लोमान्थाङ १ छोसेरका पशुपालक व्यापारी आङ्गेल गुरुङले जानकारी दिए । ‘कोरला नाका खुल्छ भन्ने हल्ला गरियो, आखिरमा अहिलेसम्म खुलेन,’ च्यांग्रा धनी गुरुङले भने, ‘जनतालाई अल्मल्याउने सरकारको यस्तो नीति बेठिक छ ।’


कोरला नाका खुलेको भए ५५ हजार पर्ने भेडा च्यांग्रा ३५ हजारमै पाइने छोसेरका च्यांग्रा धनी आङ्गेलको दाबी छ । उनले नाका नखुल्दा व्यापारीले जोमसोममै ४२ हजारदेखि ५५ हजारसम्म भेडाच्यांग्रा खरिद गर्न बाध्य भएको उनले सुनाए ।


यस वर्ष च्यांग्रा खरिद गर्न आउने व्यापारी निकै थोरै छन् । छिटफुट भेडा, च्यांग्राका बथान मुस्ताङ बाहिरिन थालेका छन् । गत वर्ष र अघिल्लो आर्थिक वर्षमा करिब १०÷१२ हजार भेडाच्यांग्रा मुस्ताङबाट बाहिरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको दाबी छ । यस वर्ष मुस्ताङमै २५ प्रतिशत कम भेडा, च्यांग्रा आएका छन् ।


कास्कीको माछापुच्छ«े गाउँपालिकाका भेडा च्यांग्रा व्यापारी सुवास अधिकारीले पशुपालकको गोठमै पुगेर भेडा, च्यांग्रा खरिद गरेको जानकारी दिए । उनले उपल्लो मुस्ताङको लोमान्थाङ, यारा, घारा, ढि, सुर्खाङ लगायतका गाउँमा पुगेर भेडा, च्यांग्रा जोमसाम ल्याएको बताए । उनले गत वर्ष पशुपालककै गोठमा प्रति गोटा ३२ हजारले खरिद गरेकोमा यस वर्ष ४० हजार तिर्नु परेको जनाए ।


अधिकारीले नखुल्दा च्यांग्राको मूल्य बर्सेनि वृद्धि भइरहेको सुनाए । ‘हामी गत वर्ष पनि च्यांग्रा लिन मुस्ताङ आएका थियौं, त्यस बेला भन्दा ज्यादै कम च्यांग्रा देखिएको छ,’ उनले भने, ‘हामीले एउटै च्यांग्रामा गत वर्षभन्दा ५/६ हजार बढी ति¥यौ, पोखरा पु¥याउँदा ५० हजार त भन्नै पर्छ ।’


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका पशुपालकले भेडा, च्यांग्रा पालन गर्छन् । लोमान्थाङमा ५२ हजार भेडा, च्यांग्रा पालन गरिएको छ । ६० वटा भन्दा बढी च्यांग्रा फार्म छन् । सहर बजारका उपभोक्ता अन्य समयमा बेसीकै खसीबोकाको मासु खाने गरे पनि दसैंमा भेडा च्यांग्राको मासु खान रुचाउँनछन् । समुन्द्री सतहदेखि ४ हजार मिटरमाथि पालन गरिने भेडा, च्यांग्राको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक हुने विश्वास गरिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया