४१ युनिट रगत संकलन

पोखरा ।
लायन्स क्लब अफ पोखरा हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी र रेडियो हेमजाको संयुक्त आयोजनामा बुधबार भएको रक्तदानमा ४१ युनिट रगत संकलन भएको छ ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रम डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाइजर प्रजापति बाँस्तोलाले पहिलो रक्तदाता प्रकाश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुआत गरे । बाँस्तोलाले रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताए ।
कार्यक्रममा डा बिमलमान श्रेष्ठले रक्तदान गर्दा हुने फाइदाबारे प्रकाश पारे । लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णमान श्रेष्ठ, रेडियो हेमजाका स्टेसन म्यानेजर निराजन अधिकारी, हेमजा सञ्चार सहकारी संस्थाका पूर्व अध्यक्ष मीनराज तिमिल्सिना, समाजसेवी दानबहादुर थापा, जोन चियरपर्सन बसन्त बाँस्तोला, लायन्स क्लब अफ पोखरा हेमजाका प्रथम उपाध्यक्ष दुर्गाप्रसाद पौडेल, डिस्ट्रिक्ट कमिटि चियर पर्सन हरिशचन्द्र पौडेल, लियो हेमजाका कोषाध्यक्ष सन्तोष त्रिपाठी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया