रोटर्‍याक्ट क्लव अफ अन्नपुर्णको १४ औं पदस्थापन

समाधान संवाददाता २०८० असोज २९ गते १२:५३

पोखरा
रोटर्‍याक्ट क्लव अन्नपुर्णको १४औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक कल्ब अफ अन्नपूर्ण पोखराको १४औं पद स्थापना कार्यक्रम शनिबार सम्पन्न भएको छ । पोखराको लेकसाइडमा रहेको होटेल पौवामा भएको कार्यक्रममा रोटा बर्ष २०२३/२४ कोे लागि सामिता गुरुङको अध्यक्षतामा १३ जनाको कार्य समिति चयन भएको हो।

उक्त पदस्थापन कार्यक्रममा सन् २०२३/२०२४ का अध्यक्ष समिता गुरुङले सपथ ग्रहण गरिन् । उनलाई कार्यक्रमका जोने १६ का जोनल रोटर्‍याक्ट प्रतिनिधि गौरव सुबेदीले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष गुरुङले बोर्ड मेम्बरहरुलाई सपथ ग्रहण गराएकी थिइन्।

कार्यक्रममा उत्कृष्ट रोटर्‍याक्टरहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । वर्ष २०२२/२०२३ का अध्यक्ष साश्वोत न्यौपानेले विभिन्न अवार्डहरु प्रदान गरेका थिए । निवर्तमान अध्यक्ष साश्वोत न्यौपानेले वर्ष २०२२/२०२३ का कार्यक्रम विवरण पेश गरेका थिए भने वर्ष २०२३/२०२४ का अध्यक्ष समिता गुरुङले आफ्नो भावी योजना प्रस्तुत गरेकी थिईन्।

Advertisement

प्रमुख अतिथिमा पोखरा विश्वविद्यालय, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्स डाइरेक्टर बिमला भट्टले क्लब समाजमा सकरात्मक काम गरदै आएकोमा प्रसंसा ब्यक्त गरेका थिए । विशिष्ट अतिथिहरुमा असिस्टेन्ट गभर्नर वर्ष २०२३/२०२४ जोन २० का रोइश्वोर प्रसाद कर्माचार्य, अतिथिमा रोटरी पूर्व अध्यक्ष एव क्लब प्रारम्भकर्ता माधव प्रसाद सिग्देल र क्लब चार्टर अध्यक्ष निकेस प्रसाद कर्माचार्यले क्लबले ४ वटा क्षेत्रहरु प्रोफेसनल बिकास, समुदाय सेवा, अन्तराष्ट्रिय सेवा र कल्ब सेवा अन्तरगर्त रहेर आगामि दिनहरुमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा क्लवका उपाअध्यक्ष बरुण छेत्रीले स्वागत मन्तव्य राखेका थिए भने वर्ष २०२३/२०२४ का सचिव सुजन भुसालले धन्यवाद मन्तब्य दिएका थिए । कार्यक्रम क्लबका पूर्व अध्यक्ष प्रदीप पाहारीले संचालन गरेका थिए । कार्यक्रममा ६० भन्दा बढीको उपस्थिति रहेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया