कुशलवक्ता विमला भण्डारी

समाधान संवाददाता २०८० असोज २९ गते १८:४४

रवीन्द्र माकाजू

Advertisement


आजभोलि पोखरामा हुने सभा, समारोह, सम्मेलन, सेमिनार, गोष्ठीमा प्राय अतिथि वक्ताका रूपमा भेटिने गर्छिन् नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी । कुशल वक्ताका रूपमा प्रख्यात भण्डारीमा मिठा आवाज, मन्त्रमुग्ध भाषण स्रोताहरु कान ठाडोठाडो पारी सुन्छन् । धेरैलाई अझै सुनिरहुँ जस्तो लाग्छ भण्डारीका मनमोहक मन्तव्य ।

हरेक विषयवस्तुलाई मिठास, लोभलाग्दो, आत्मविश्वासका साथ समसामयिक र सरल ढंगले प्रस्तुत गर्ने कला र गलाका कारण आयोजकहरु शुभकामना मन्तव्यका लागि अनुरोध गर्ने गर्दछन् अध्यक्ष भण्डारीलाई । यस्ता सभा समारोहमा जान भ्याई नभ्याई हुन्छ । झन् शनिबारका दिन प्राय बेफुर्सदिली भण्डारीको मन्तव्य सुनेपछि आयोजक अपार खुशी हुँदै सोच्छन् – कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो ।


पत्रकार भण्डारीलाई प्राप्त यो लोकप्रियताको शिखर (चुली) एकदिनको मेहनतले प्राप्त भएको भने होइन । लगनशीलता र लामो सङ्घर्ष पछि उनको यस यात्राले सगरमाथा टेकेको छ । भण्डारी भन्दछिन्– मेरो भाषण कलालाई मैले गड गिफ्टको रूपमा लिएको छु ।


२२ वर्षअघि माछापुच्छे« एफएममा समाचार बाचकबाट आफ्नो यात्रा प्रारम्भ गरेकी भण्डारीले नेपाल पत्रकार महासंघ कास्कीको नेतृत्व गर्ने सु–अवसर पाएकी छिन् । उनी महासंघ कास्कीको पहिलो महिला नेतृ पनि हुन् । नेपाल भरीमा दुई जिल्लामा मात्र महिलाको नेतृत्व छ कास्की र धनुषामा । समग्र मुलुकमा पत्रकारहरूमा १८ प्रतिशत महिला छन् । पोखरा जस्तो शहरमा हुने कार्यक्रममा प्राय महिलाको उपस्थिति न्यून देखिन्छ । सम्भवत उनी भन्छिन्– मञ्चमा महिलाहरुको उपस्थिति देखाउनका लागि भएपनि मलाई मञ्चमा स्थान दिने गरेको पाउँछु ।

Advertisement


भण्डारीलाई सुरुदेखि नै समाचार बाचक कृष्णा ताम्राकार र कोमल वलीको स्वर मन पथ्र्यो । भण्डारीले आफ्नो वाचनकलालाई सुरक्षित राख्दै महिला हकहितका कार्यक्रम सञ्चालन गर्दै आइन् । सन् २००२ मा प्रत्येक वडामा महिला न्यायिक मञ्च गठन गर्दै पोग्राम सञ्चालन गरिन् । यस सम्बन्धमा काउन्सिलिङ पनि गर्छिन् । उनी एक सबल, सक्षम टे«नर पनि हुन् । रेडियो सञ्चालन गर्ने क्रममा उनको ध्यान महिला आवाज या महिला मुभमेन्टमा ध्यान केन्द्रित भयो । महिलाहरुका हकहित र संगठन गर्न उनी पे्ररणा कै स्रोत पनि बनिन् । महिला सङ्गठनलाई कानूनी रुपमै दर्ता गर्न पे्ररित गरिन् । अहिले नारीहरुले हरेक क्षेत्रमा ससम्मान पाए पनि उचिन स्थान पाएका छैनन् । महिला मुभमेन्ट क्षेत्रमा उनले आफूलाई अब्बल दर्जामा स्थापित गर्न सफल बनेकी छिन् ।


४० वर्षीया भण्डारीले डकुमेन्ट्री तयारी गर्नुका साथै प्रपोजल पनि लेख्छिन् । जीवनमा साह्रै दुःख भोग्न नपर ेपनि उनको पीडा भनेको अझै पनि समाजले महिलाको नेतृत्व स्वीकार गर्न नसक्नुमा छ । आफ्नै दिदी बहिनीको नेतृत्व स्वीकार्न पुरुष वर्गलाई साह्रै कठिन हुँदोरहेछ उनले जीवनमा भोगेका कटु अनुभव हो यो ।


छात्रा जीवनमा राजनीति गरेकी विमलाको ड्रिम (सपना) भनेको एक दिन नीति बनाउने ठाउँमा पुग्नु हो । उनी अहिले पनि महिला अधिकारका लागि क्रियाशील छिन् । रेडियो जननीमा संस्थापक स्टेसन मेनेजर भण्डारी नेपाल पत्रकार महासंघको नेतृत्व लिनासाथ संघको भवन व्यवस्थापन तर्फ लागिन् ।

अहिले उनी प्रदेश सरकारको सहयोगमा महासंघ भवन भित्र ई लाइबे्ररी र पत्रकारिता सम्बन्धी सबै पुस्तक संग्रह गर्न जुटेकी छिन् । भण्डारीका विचारमा पत्रकारले दिनहुँ परीक्षा दिनुपर्दछ । पत्रकार सधैं संवेदनशील हुनुपर्छ । उनी बाबुआमाका चौथो सुपुत्री हुन् । आफूलाई आमाले सधैं पे्ररणा दिने गरेको बताउँदै भण्डारी भन्छिन्– हेर नानी ! तिमीहरुका कारण मैले कहिले शीर झुकाउन नपरोस् ।


यसै पे्ररणालाई अध्यक्ष भण्डारीले जीवनको मूलमन्त्र ठानेकी छिन् । कुशल वक्ता भण्डारीले पृथ्वीनारायण क्याम्पसबाट स्नातक उत्तीर्ण गरी आमसञ्चार र पत्रकारितामा स्नाकोत्तर पढाई पूरा पनि गरेकी छिन् । हाल उनी ;सम्वोधन अनलाइन डटकममा प्रकाशक र सम्पादनको भूमिका निर्वाह गर्दैछिन् । यसअघि उनले नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा रहेर सेवा गरेकी थिइन् ।

सञ्चारिका समुह गण्डकी प्रदेशका पूर्व उपाध्यक्ष र केन्द्रीय सदस्यसमेत बनेकी भण्डारी सन् २०२२ मा अमेरिका सरकारले प्रदान गरेको फेलोशीप अवार्ड लिन अमेरिका पुगेकी थिइन् भने नेपाल सरकारद्वारा प्रदान गरिने जनसेवाश्री पदकबाट विभूषित छिन् ।

प्राय सधैं मुस्कुराइरहने भण्डारी यस अघि पनि मित्रमिलन पत्रकारिता पुरस्कार, मानार्थ नारी सम्मान २०७७, नवरत्न नारी सम्मान २०८० (अमेरिकाको अनेसासबाट) अग्रज नारी सम्मान २०१४ बाट सम्मानित छिन् । यो क्रम अझै रोकिएको छैन ।

तपाईको प्रतिक्रिया