एलजीका ग्राहकहरुको सन्तुष्टि शीर्ष स्थान दाबी

पोखरा ।
एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसका लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स (एसिएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ । ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताहरूको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धतालाई एसिएसआई नतिजाहरूले जोड दिन्छ ।
एसिएसआई एक प्रख्यात र एकमात्र अमेरिकी संस्था हो जसले उद्योगहरूको ग्राहकको सन्तुष्टि मापन गर्दछ । दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाले विभिन्न प्रकारका उद्योगहरूको विस्तृत मूल्यांकन गर्दछ । एसिएसआई सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिन्छ जुन ५ लाखभन्दा बढी ग्राहकहरूको अन्तर्वार्ताबाट साभार गरिएको हो ।
एलजीले यस वर्षको एसिएसआई टिभी क्याटगोरीमा ८३ स्कोर रेकर्ड कायम गरी शीर्ष स्थान हासिल गर्न सफल रह्यो, जुन ४ प्रतिशत उल्लेखनीय वृद्धि हो । एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेज लगायत धेरै क्याटगोरीमा ग्राहकहरू माझ लगातार उत्कृष्ट प्रदर्शन गरेको छ ।
होम अप्लाइन्सेसको विधामा एलजीले लगातार २ वर्ष पहिलो स्थान हासिल गरेको छ । गत वर्ष ८१ स्कोर हासिल गर्ने एकमात्र उत्पादक रहेको एलजीले, यस वर्ष ८२ अंकको साथ गौरवपूर्ण स्याटिसफ्याक्सन इन्डेक्स हासिल गरेको छ । जुन एलजीको अघिल्लो उपलब्धिभन्दा एक अंकको वृद्धि हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया