संस्कृत माविमा खानेपानी टंकी शिलान्यास

पोखरा ।
गण्डकी प्रदेशकै जेठो विद्यालय संस्कृत माध्यमिक विद्यालय भीमकालीपाटन पोखरामा दशहजार लिटर क्षमताको खानेपानी टंकी सोमबार शिलान्यास गरिएको छ ।
ग्लोबल एक्सनअन्र्तगत इडिनबर्ग युकेका विद्यार्थीहरुको सहयोग तथा लाइन्स क्लब अफ अञ्जुली र लाइन्स क्लब अफ अन्नपूर्णको समन्वयमा २ लाख लागतको उक्त टंकी निर्माणको पोखरा महानगरपालिका वडा नम्बर १ का कार्यवहाक वडाध्यक्ष जुमकाजी गुरुङले विद्यालय प्रांगणमा शिलान्यास गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विव्यस सदस्य रोजी पराजुली, विव्यस सदस्य ईश्वरीप्रसाद बास्तोला, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, लायन्स क्लब अफ अञ्जुलीका कार्यवाहक अध्यक्ष साधना थापा, लायन्स क्लव अफ अन्नपूर्णका गणेश छवि, लायन्स क्लब अफ अन्जुलीका जोन चियर पर्सन सान्त्वना पराजुली लगायतले मन्तव्य राखेका थिए ।








जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया