उद्यमी चन्द्रकान्त बराललाई मातृशोक

समाधान संवाददाता २०८० असोज ३० गते १३:२१

पोखरा ।
पोखरा १७ विरौटाकी १ सय ५ वर्षीया कलावती बरालको निधन भएको छ । उद्योग व्यवसायी तथा समाज सेवी चन्द्रकान्त बरालकी आमाको सोमबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

चन्द्रकान्त बराल पोखरामा विभिन्न व्यवसायमा आवद्ध छन् । पोखरा २२ पुम्दीभुम्दीमा विसाल महादेवको प्रतिमा बताउन उनैको योगदान छ । कलावती पोखरा २२ पुम्दी घर भएका समाजसेवी स्व डिल्लीराम बरालकी धर्मपत्नी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया