यौनिक तथा लैंगिक अल्पंख्यकका विषयमा प्रदेशस्तरिय अन्तरक्र्रिया

समाधान संवाददाता २०८० कार्तिक १ गते ६:४९

पोखरा ।
यौनिक तथा लैंगिक अल्पंख्यकका विषयमा मन्त्रालय तथा सरोकारवालहरुसँग मंगलबार प्रदेशस्तरिय परामर्श अन्तरक्र्रिया भएको छ । निलहिरा समाजको आयोजना, सामाजिक तथा स्वास्थ्य मन्त्रालयको सहकार्य र सेभ चिल्डेनको सहयोगमा कार्यक्रम भएको हो ।

सामाजिक तथा स्वास्थ्य विकास मन्त्रालय गण्डकी प्रदेशले थारु, मुस्लिम, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, सिमान्तकृत र लोकान्मुख जातीको हितका लागि एक करोड बजेट विनियोजन गरेको सामाजिक तथा स्वास्थ्य मन्त्रालय महिला प्रमुख जमुना पौडेल जानकारी दिइन् ।

मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यकका आवश्यकता र समस्याका लागि काम गर्दै आइरहेको उनले बताइन् । राजनीतिक पार्टीमा टोल वडा देखि केन्द्रिय स्तरसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकको सहभागिता शून्य रहेको उल्लेख गर्दै उनीहरुका विषयमा राजनीतिक दल संवेदनशिल हुन र घोषणापत्र संशोधन गर्न आवश्यक रहेको पौडेलले बताइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकले पनि अधिकारसँगै राज्यप्रतिको कर्तव्य ढंगले पुरा गर्न उनले आग्रह गरिन् ।

Advertisement

राष्टिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्लेले सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सरकारका सबै क्षेत्रमा समान सहभागिता गराउनुपर्ने उनको भनाइ थियो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई योग्यताका आधारमा रोजगारीको व्यवस्था तथा आरक्षणको व्यवस्था, कोष स्थापना गरि शल्यक्रियामा लाग्ने खर्च सरकारले व्यहोर्ने, उच्च शिक्षाका लागि छात्रवृति र छात्रवासको व्यवस्था गरिदिएमा उनीहरुको समान पहुँच पुग्ने बताए ।

Advertisement

इन्सेक गण्डकीका संयोजक शिव ठकुरेल यौनिक तथा लैंगिक अल्पसंख्यकका हक अधिकारका लागि काम गर्दै आइरहेको जनाए । यौंनिक तथा लैंगिक अल्पसंख्यकका हक अधिकारलाई सरकारले संवेदनशिल भएर सुश्चित गर्नुपर्ने भनाइ राखेका थिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बच्चालाई विद्यालयमा गरिने विभेदले बिचमै पढाई छोड्नुपर्ने बाध्यता रहेको निल हिरा समाजका कार्यकारी निर्देशक मनिसा ढकालले गुनासो गरिन् ।

अल जेन्डर फ्रेन्डली शौचालयको व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको माग थियो । यौनिक तथा लैंगिक अल्पसंख्यकले पनि अन्य नागरिक सरह अधिकार उपयोग गर्न सक्ने वातावरण सृजना गरि नेपाल प्रहरी, नेपाल आर्मी, रोजगारमा सहभागि गराएमा यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्या समाधान हुने बताइन् ।

सामाजिक तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तथ्यांक अधिकृत बुद्धिसागर अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकालाई अस्पतालमा निशुल्क परिक्षणको सुविधा रहेको जानकारी दिए । निलहिरा समाजका बोर्ड सदस्य प्रदिप अधिकारीले समलैंगिक रहेको बताउँदै घरपरिवारको दबावमा महिलासँग बिहे गरेर दुखान्तः बिछोड हुनुपरेको अनुभव सुनाएका थिए । रजनी थकाली ‘फुपु’ले कार्यक्रम समापन मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन नौलो बिहानी पोखराका अध्यक्ष बिन्दिया गौतमले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया