पोखरा २८ का पूर्वजनप्रतिनिधि भुजेलको निधन

समाधान संवाददाता २०८० कार्तिक २ गते १९:५४


पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २८ देउमाडीका समाजसेवी तथा पूर्वजनप्रतिनिधि विध्यबहादुर भुजेलको निधन भएको छ ।
भुजेलको ८७ वर्षको उमेरमा आज बिहान ११ बजे उनकै निवास देउमाडीमा निधन भएको हो । उनी केही वर्षदेखि अस्वस्थ थिए । २०५४ सालमा साविक कालिका गाविस वडा नम्बर ५ को वडा सदस्यमा उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । भुजेलका २ छोरी छन् भने एक छोराको निधन भइसकेको छ ।

Advertisement


ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य समेत रहेका भुजेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर नेकपा एमाले कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्रीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।


भुजेलको मादी गाउँपालिकास्थित मादी नदी किनार भैसें बिहीबार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा पोखरा २८ का निर्वतमान वडा अध्यक्ष निर्मल दियाली सुनार, नेकपा एमाले महानगर कमिटी सदस्य दिनेश खड्का, नारायण त्रिपाठी, वडा कमिटी अध्यक्ष रामकृष्ण तिवारी लगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया