पोखरामा दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाधान संवाददाता २०८० कार्तिक ३ गते १७:३२

पाेखरा ।

बिहीबार पोखरामा विपरित दुई दिशाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठोक्किँदा गोरखाका शुक्रराज श्रेष्ठको शक्रबार मृत्यु भएको छ ।

पोखरा–२५ स्थित फुर्केटारी चोकमा ग१६प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा श्रेष्ठ घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । अर्का घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया