लान्द्रुकमा दशैं मेला हुँदै

पोखरा ।
अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दशैं मेला २०८०’ हुने भएको छ ।
क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दशैंको शुभकामना आदानप्रदानसहित आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । साथै, युवाहरु बिच आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने पनि क्लबले लक्ष्य लिएको छ ।
मेलाको मुख्य आकर्षणमा पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता रहेको मेलाका संयोजक बिनायक गुरुङले जानकारी दिए । यसका साथै मेलामा साँस्कृतिक कार्यक्रमसहित रस्साकस्सी, छेलो फाल्ने, घैटो फुटाइँ, म्युजिकल चियर, बेलुन फुटाइँ प्रतियोगिता हुने उनले बताए ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम, द्वितिय र तृतियले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फ प्रथम र द्वितियले क्रमशः २० हजार र १० हजार रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने, प्रौढ भलिबलतर्फ प्रथमले खसी र द्वितिय २ वटा भालेसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बिनायक गुरुङले जानकारी दिए ।
यो सँगै पुरुष भलिबलमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उदयीमान खेलाडी, सेमीफाइनलबाट म्यान अफ दी म्याच, अनुशासित टिम र उत्कृष्ट पोशाकमा उपस्थित हुने टिमलाई ट्रफीबाट पुरस्कृत गरिने उनले बताए ।
साथै, मेलामा हुने रस्साकस्सी प्रतियोगिताको विजेताले ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ । भने, द्वितियले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछ । छेलो फाल्ने प्रतियोगितामा प्रथम हुनेले भांग्रा, खादा र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितियलाई नगद र प्रमाणपत्र दिइनेछ । म्युजिकल चियर र बेलुन फुटाइँमा प्रथम, द्वितियलाई नगदसँगै प्रमाणपत्र प्रदान गरिनेछ ।
क्लबले नेपालमै पहिलो पटक मह सिकार महोत्सव (हनी हन्टिङ) आयोजना गरेर निरन्तरता दिइरहेको क्लबका सचिव पञ्चबहादुर गुरुङले जानकारी दिए । यो वर्ष पनि हनि हन्टिङ महोत्सव मंसिर महिनामा आयोजना हुने बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया