अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार

समाधान संवाददाता २०८० कार्तिक ११ गते १३:५५

पोखरा ।

कलाकार प्रकाश घिमिरेको स्वास्थ्य सुधार आएको छ ।


शुक्रबार घाँस काट्नेक्रममा भीरबाट लगेर घाइते भएका घिमिरेको पोखराको मणिपाल शिक्षण अस्पतालको आइसियुमा उपचार हुँदै छ । उनलाई भेट्न शनिबार अस्पताल पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले घिमिरेले मान्छे चिन्न सकेको उल्लेख गरेका छन् ।

Advertisement

मेयर आचार्यले पनि आफूलाई चिनेको बताए । मेयर आचार्यले सामाजिक सञ्जाल फेस्बुकमा लेखेका छन्, ‘अभिनेता प्रकाश घिमिरे ज्यूको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ । आइसियुमा उपचाररत उहाँले मलाई चिन्नुभयो । उहाँको अवस्था बुझ्न हस्पिटल पुग्नु भएका उहाँका सहकर्मी वरिस्ठ कलाकार अनुप बराल, खगेन्द्र लामिछाने र मैले हस्पिटलका मेसु डाक्छटर अभिषेक मास्के ज्यूबाट उहाँको वर्तमान अवस्थाको जानकारी प्राप्त ग¥यौं ।’

Advertisement

तपाईको प्रतिक्रिया