दसैंमा बढी भाडा लिने सवारीलाई कारबाही
समाधान संवाददाता
२०८० कार्तिक १२ गते ११:४०

पोखरा ।
दसैंको समयमा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय कास्कीले कारबाही गरेको छ । दसैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ३ वटा गाडीलाई कारबाही गरिएको ट्राफिक प्रहरीका वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए ।
यात्रुबाट सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेर बढी लिएको भाडा रकम यात्रुलाई फिर्ता गरेको छ । बढी भाडा लिने र ट्राफिक नियम पालना नगर्नेहरुलाई जनही १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
सम्बन्धित







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया