आदर्श अर्गानिकको सभा

पोखरा ।
आदर्श अर्गानिक कृषक समूह पोखरा १३ आर्वाको नवौं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभामा पोखरा महानगरपालिका वडा नं १३ का अध्यक्ष किरण बरालले कृषकले उत्पादन गर्ने हरेक कृषि उत्पादनलाई हाट बजार सञ्चालन गरेर बजारको ग्यारेन्टी गर्ने प्रतिवद्धता गरे ।
उनले भने, ‘तपाईंहरु उत्पादनमात्र गर्नु होस्, बिक्री वितरणको जिम्मा म लिन्छु ।’ किसानको उत्पादनलाई कहीं कतै खेर जान नदिने उनले जनाए । अध्यक्ष बरालले प्रत्येक शनिबार वडाभित्रै किसान र उपभोक्ता बिच खरिद बिक्री गर्ने हाट बजार सञ्चालन गरिने जानकारी पनि गराए ।
समूहका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देल, मोहर पानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, जागरण आमा समूहकी अध्यक्ष लक्ष्मीदेवी देवकोटा, नागेश्वर महादेव मन्दिर विकास समिति अध्यक्ष बिष्णुप्रसाद बराल, सहेले सान्तेडाँडा सालघारी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कृष्णप्रसाद बराल, समाजसेवी सुरेन्द्रप्रसाद बराल, उपाध्यक्ष सीता सिग्देल, सचिव राजन सिग्देल लगायतले बोलेका थिए ।
सभाले समूहका अध्यक्ष शिवप्रसाद बराल र कोषाध्यक्ष श्रीराम बरालद्वारा प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया