पोखराको घैयाँखेतमा बस दुर्घटनाः घाइतेलाई अस्पताल ल्याइदै
समाधान संवाददाता
२०८० कार्तिक १२ गते १४:३८

पोखरा ।
पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँ खेतमा दुर्घटना परेको छ । पोखरा १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो ।
सडकबाट दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज लगिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिवकुमार पाठकले जानकारी दिए ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ । चालक तनहुँका ३० वर्षीय रमेश विकलाई नियन्त्रणमा लिइसकिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी रमेश श्रेष्ठले बताए ।
सम्बन्धित








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया