हिमाललाई पृष्ठभूमिमा राखेर गुटेरेसको सन्देशः नेपाललाई विकसित राष्ट्रले सहयोग र समर्थन गर्नुपर्छ

समाधान संवाददाता २०८० कार्तिक १४ गते १६:२९

पोखरा ।


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई विकसित राष्ट्रहरुले सहयोग र समर्थन गर्न आवश्यक रहेको बताएका छन् । जलवायु परिवर्तनको असर नेपालका हिमालहरुमा स्पष्ट देखिएको भन्दै प्रकृतिविरुद्धको युद्ध रोक्न विकसित राष्ट्रले सहयोग गर्न अपिल गरेका हुन् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखराको पुरानो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।


‘यो भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न हो । एउटा यो सन्देश पनि हो । हामीले अद्भुत हिमाल र अद्भुत हिमनदीहरू जोगाउनु पर्छ,’ उनले भने । विकसित देशले जलवायु परिवर्तनलाई रोक्न सहयोग नगर्ने हो भने भविव्यमा यसका असर झनै गम्भीर हुने उनको भनाई थियो ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया