पुष्प मेलामा २४ स्टल

पोखरा ।
वडादसैं सकिएपछि बजार र जनजीवन पूर्ववत् रुपमा सुरु भएको छ । सँगसँगै आउनै लागेको नेपालीको दोस्रो ठूलो पर्व तिहारको तयारीसमेत सुरु भएको छ । तिहार लक्षित खानेकुरा, फूल, फलफूल, ढाका टोपी बजारमा ल्याउने तयारी भएको छ ।
तिहारकै छेको पारी फ्लोरिकल्चर एसोसियसन(फ्यान) कास्कीले पुष्प मेला आयोजना गर्ने भएको छ । कात्तिक १७ देखि २० गतेसम्म पोखरा रंगशालामा सातौँ गोदावारी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला हुन लागेको हो । प्रदर्शनीमा व्यावसायीक स्टल २०, कृषि सामग्रीका स्टल तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ ।
फ्यान कास्कीले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डिलबहादुर गुरुङले प्रदर्शनी २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा सुनाए । पुष्प खेतीको व्यावसायिक विकास तथा प्रर्वद्धनका लागि लगातार प्रदर्शनी आयोजना गर्दै आएको जनाए । फूलका पारखीलाई सहज रुपमा विरुवा उपलब्ध गराउन र घर, बगैंचा सजाउन तथा स्वागत सत्कारमा प्रयोग हुने फूल सहज उपलब्धता गराउन मेला सहयोगी हुने अपेक्षा गरिएको छ ।
मेलामा यस वर्ष भित्रिएका गोदावारी फूलका नयाँ प्रजातीका फूल विरुवासमेत प्रदर्शनी तथा बिक्री गर्ने तयारी छ । अहिलेको याममा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलका विरुवासमेत प्रदर्शनीमा राखिनेछ ।
संस्थाका पूर्व अध्यक्ष दयाकुमार द्वाले तिहारमा लगाउने मालामा गण्डकी प्रदेश करिब आत्मनिर्भर भएको दाबी गर्छन् । उनी भन्छन्, ‘ढोकामा लगाउने, अरु पूजा गर्ने फूलको साइज नै फरक छ, भाइटीकामा लगाउने मालामा भने हामी करिब आत्मनिर्भर हुने अवस्थामा छौँ ।’ यसपालि असोज अन्तिमसम्मै वर्षा भएकाले सयपत्रीमा रोग लागेको उनको भनाइ छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया