स्याङ्जाली तमु समाजको रजत जयन्ती

समाधान संवाददाता २०८० कार्तिक १५ गते १४:०८

लेखनाथ ।
स्याङ्जाका विभिन्न ठाउबाट पोखरा महानगरपालिका वडा नं २६ मा आएर बसोबास गर्दै आएका तमुहरुको साझा संस्था तमु प्ये ल्हु स्याङ्जाली तमुु समाजले विविध कार्यक्रमका साथ रजत जयन्ती मनाएको छ ।

Advertisement


२०५६ मा स्थापना भएको संस्थाले सदस्य र शुभेच्छुकको उपस्थितिमा रजत जयन्ती मनाएको हो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष क्या. चेतबहादुर तमुले समाजको स्थापना कालदेखि अहिलेसम्मको यात्रा स्मरण गरे । उनले सामाजिक क्षेत्रमा समाजले खेल्दै आएको भूमिका र आगामी दिनका अपेक्षासमेत सुनाए ।


पूर्व अध्यक्ष क्या. डिकबहादुुर तुमले आफनो पुुख्र्याैली थलोबाट पोखरा २६ मा बसोबास गर्दै आएका १ सय २८ परिवारबीच भाइचारा स्थापित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा गुँदे ताल मत्स्य पालन सहकारी अध्यक्ष बामदेव ढुंगाना, नवदीप बोर्डिङ स्कुलकी प्रिन्सिपल कौशीला तमु, गोर्खाली रेडियोका स्टेसन म्यानेजर खिमा गुरुङ, संस्थाका सचिव क्या. बिलबहादुर तुम र उपाध्यक्ष रेनु तमुले बोलेका थिए । कार्यक्रम समाजका अध्यक्ष लेप्टेन नेमबहादुर तमुको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया