कांग्रेसले आफ्नै कारण चुनाव हार्योः डा शशांक

लेखनाथ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसलाई कांग्रेसका नेता, कार्यकर्ताले नै हराएको दाबी गरेका छन् । कांग्रेस कास्की क्षेत्र न १ को बुधबार भएको प्रथम क्षेत्रीय सम्मेलनमा नेता कोइरालाले चुनावमा बागी उम्मेदवारी दिने, असहयोग गर्ने, विपक्षीसँग साँठगाँठ गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता जनाए ।
यस्ता नेता, कार्यकर्ताकै कारण कांग्रेस कमजोर भएको उनको ठम्याइ छ । नेता कोइरालाले अबका निर्वाचनमा तल्लो तहदेखि नै कांग्रेस एक्लै मैदानमा आउनुपर्ने जनाए । पार्टीलाई कमजोर बनाउँदा कांग्रेसमात्र नभई देश नै कमजोर हुने उनको भनाइ छ । उनले भने, ‘यस्तो नगर्नुहोस् । सिद्धान्तहीन राजनीतिले हानीमात्र गर्छ ।’
देशमा चरम आर्थिक संकट हुँदा जनतामा निरासा उत्पन्न भएको समयमा दलहरु सत्ता प्राप्ति र टिकाउनमै लाग्दा थप आक्रोश बढ्ने उनले जनाए । उनले दलहरुले गम्भीर भएर देश र जनताको भावनालाई बुझेर पाइला चाल्नुपर्नेमा जोड दिए ।
कांग्रेस सह महामन्त्री जीवन परियारले काँग्रेससँग जनताले गरेका आसा र भरोसा हराउँदा त्यसको प्रभाव राष्ट्रिय राजनीतिमा परेको तर्क गरे । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अहिले जनताले किन पार्टीहरुको विकल्प खोजिरहेका छन् भन्ने बुझ्न आग्रह गरे । उनले लोकतन्त्र र पार्टी विरासत जोगाउन तलदेखि माथिसम्मकै नेता, कार्यकर्ता सच्चिनु जरुरी भएकोमा जोड दिए ।
कार्यmत्रममा कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले अहिलेसम्मको यात्राको आत्मसमीक्षा गर्दै राष्ट्रिय राजनीप्तिमा कांग्रेसले अरुको साहारा खोज्नुपर्ने अवस्था हटाउनुपर्ने जनाए । नेतृ शारदा पौडेलले जनताको भावनालाई बुझेर पाटीलाई चुनावको समयमा मात्र परिचालन नगरी विकास, निर्माणका कामा पनि जोड्नुपर्ने बताइन् ।
कांग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेता कृष्ण केसी, पोखरा महानगरपालिका सभापति सुरेन्द्रमान बिजुक्छे, मादी गाउपालिका अध्यक्ष देवीजंग गुरुङ, गण्डकी प्रदेश सासंद सरस्वती गुरुङ, नेपाली काग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरुङ, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली काग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज कसी र क्षेत्रीय उपसभापति दुर्गा सुवेदीले बोलेका थिए ।
तपाईको प्रतिक्रिया