सम्पादकीयः गुटरेसको भ्रमणको अर्थ

हालै भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले एक पटक विश्वको ध्यान आकर्षित गरेको छ । विश्वमा जलवायु परिवर्तनको भयावह अवस्थाबारे फेरि एकपटक गहन बहस थालनी भएको छ । महासचिवले विश्वको शिखर सगरमाथा क्षेत्रबाट जलवायु परिवर्तनको भयावह असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु महत्वपूर्ण घटना हो । उनले जलवायु परिवर्तनबारे गम्भीर हुन विश्व समुदायलाई आह्वान मात्र गरेनन्, हिमनदी पूर्णरूपमा हराउने खतराबाट जोगाउन नसकिए संसारले नपर्खिने र भयावह स्थितिको सामना गर्नुपर्नेतर्फ विश्व समुदायलाई सचेत पनि गराएका छन् ।
नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ हिमनदी गुमाएको र संकटले गति लिइरहेकोतर्फ विश्वको ध्यानाकर्षण गराएका छन् । दोस्रो चरणमा हिमनदीहरू पूर्ण रूपमा हराउने, हिमालयमा रहेका हिमतालरुपी जलाशयले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी आपूर्ति गर्ने गरेकोमा हिमताल संकुचित हुँदा भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्र जस्ता प्रमुख हिमाली नदीको बहावमा ठूलो मात्रामा कमी आउनसक्ने चेतावनी पनि उनले दिएका छन् । नेपाल जस्ता देशलाई नखाएको विष लागेको उनले प्रष्ट पारेका छन् ।
उनले संसारको छानाबाट जलवायु परिवर्तन गर्ने खालका काम रोक्न आह्वान गरेका छन् । त्यतिमात्र होइन, उनले यसको पीडा भोगिरहेका देशहरुलाई ठूलो रकम सहायता गर्न पनि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिवको यो चेतावनी ऐतिहासिक र अर्थपूर्ण छ । साँच्चिकै अहिले जलवायु परिवर्तन विश्व समुदाय र मानव जगतमात्र होइन, सिंगो पृथ्वीकै लागि भयावह चुनौतीको रुपमा देखा परेको छ । यसबाट नेपाल जस्ता भौगोलिक हिसाबले हिमाली र आर्थिक हिसाबले बिपन्न देशहरु सबैभन्दा ठूलो मारमा परेका छन् । नेपालले भोगिरहेको समस्या नेपाल आफैंले सिर्जना गरेको भने होइन । विकसित भनिने देशहरुले कथित औद्योगिक विकासका नाममा गरेको प्रतिस्पर्धाबाट जन्मेको जलवायु परिवर्तनको भयावह संकट हामीले ब्यहोर्नु परिरहेको छ ।
ती देशले हिमाल, हिउँ र हिमनदी बचाउन जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता नगरेका पनि होइनन् तर कार्यान्वयन भने भएको देखिँदैन । उनीहरुलाई जलवायु परिवर्तनले साना देशमा परेको असरबारे चिन्ता छैन बरु प्राकृतिक स्रोतलाई कब्जा र दोहन गर्दैै विश्वभरि आफ्नो औद्योगिक साम्राज्य विस्तार गर्ने दौडमा छन् । उनीहरु पृथ्वीमात्र होइन, अन्य ग्रहसमेत कब्जा गरेर आफ्नो कथित प्रभुत्व विस्तारमा दौडिरहेका छन् तर नेपाल जस्ता विपन्न हिमाली मुलुकका लागि प्रकृतिसँग लड्नुपर्ने डरलाग्दो चुनौती थोपरिदिएका छन् ।
गुटरेसको भ्रमण र अभिव्यक्तिले विश्वको सर्वाेच्च संस्थामा नेपालको आवाज मुखरित भएको छ । बेला बेलामा जलवायु परिवर्तनबाट आउने विपत्ति भोगिरहेको नेपाललाई यसले त्रास दिने पक्का छ । सँगसँगै यो समस्यालाई संयुक्त राष्ट्रसंघले विश्वकै समस्या मानी धनी देशहरुलाई उत्तरदायी बनाउन पनि यसले सघाउनेछ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया