खेल क्षेत्रमा व्यापारीकरण हुन दिन्नः मन्त्री सिंखडा

पोखरा ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडिपर्ने औंल्याइन् ।
‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पछ,र्’ उनले भनिन् । व्यावसायिक रुपमा अगाडि नबढ्ने हो यो विकास हुन नसक्ने उनको भनाइ छ । ‘खेल क्षेत्र र पत्रकारिताको क्षेत्र व्यवासायिक हुनुपर्छ, नत्र यी क्षेत्र कमजोर हुन्छन्,’ उनले भनिन् ।
उनले नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने पोखरा स्पोटर््स अवार्डमा बजेट अभाव हुन नदिने प्रतिवद्धता दोहो¥याइन् । ‘बजेटमा केही छुट्यो होला, छुटे पनि सच्याउने ठाउँ छ, अवार्डमा बजेट अभाव हुन दिन्नौं,’ उनले थपिन् ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले मञ्च गण्डकीले गर्ने कार्यमा परिषदले सहकार्य गर्ने बताए । मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले मञ्च गण्डकीले खेल क्षेत्रलाई अगाडि बढाउन योगदान दिइरहँदा पनि प्रदेश सरकार र पोखरा महानगरपालिकाले यस अगाडि छुट्याउँदै आएको बजेट कटौती गर्न नहुने जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुली र सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बोलेका थिए ।
उनीहरुले मञ्च गण्डकीले गर्दै आएका कार्यक्रमले खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । अवार्ड कार्यक्रमको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत उनीहरुले जनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरज श्रेष्ठ र सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए ।
मञ्चको बुधबार नै सम्पन्न बन्दसत्रले महासचिव राजाराम पौडेलले पेश गरेको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष कविता घर्तीमगरले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको बछ ।
बन्दशत्रले विधान संशोधन समितिका संयोजक रञ्जन अधिकारी क्षेत्रीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र मापदण्डलाई पारित गरेको महासचिव पौडेलले जनाए । विधान संशोधन समितिको सदस्यमा विजय नेपाल र गणेश बराल (ढाकामोहन) थिए ।
अब कार्यसमितिको कार्यकाल दुई वर्षमा छोटिएको छ । यसैगरी सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाइएको छ । मञ्च गण्डकीमा हाल खेलकुद बिटमा काम गर्ने ७४ पत्रकार आवद्ध छन् ।
तपाईको प्रतिक्रिया