सम्पादकीयः आन्तरिक पर्यटन प्रवद्र्धन जरुरी

पोखराका पर्यटन व्यवसायीले आन्तरिक पर्यटन पुनःउत्थान तथा आन्तरिक पर्यटन प्रवद्र्धन अभियानलाई निरन्तरता दिएका छन् । सशस्त्र द्वन्द्वको कारण थला परेको पर्यटनलाई उकास्न व्यवसायीले सन् २००१ देखि ‘जाऔं है पोखरा’ थालेका थिए । यो अभियान वर्षेनी यो अभियान निरन्तर चलिरहेको छ । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार भन्ने मान्यता अनुरुप होटल संघ पोखराले अहिले पुर्वी नेपालको विभिन्न क्षेत्रमा पर्यटनको प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । आन्तरिक पाहुनाको महत्व बुझेर अहिले व्यवासायी आन्तरिक पाहुनालाई नै खोज्दै पूर्वी सहर पुगेका हुन ।
कोरोनाको कारण थला परेको पर्यटनलाई पुनर्जीवन दिन व्यवसायीले अभियान गरेका थिए । यस्तो अवस्थामा पोखरामा आन्तरिक पाहुना भिœयाउन यो अभियानको प्रमुख भूमिका छ । व्यवसायीको अभियानमा सबै क्षेत्रबाट साथ सहयोग हुँदै आएको छ । विभिन्न कारणले विदेशी पर्यटक नआएको अवस्थामा आन्तरिक पाहुनाबाटै पोखराका पर्यटन क्षेत्र धानिएको अहिलेको अवस्था छ ।
माओवादी द्वन्द्व चलिरहँदा सन् २००१ मा पोखरामा आन्तरिक पाहुना तान्ने उद्देश्यले यो अभियान सुरु गरेको थियो । अहिले तिनै आन्तरिक पाहुना व्यावसाय धान्ने आधार बनेको छ । सन् २००१ मा पोखरामा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत मात्र रहेको थियो । तर, त्यो आकार अहिले निकै नै फराकिलो बनेको छ । भर्खरैको दसैं बिदामा पनि पोखराको पर्यटनमा करिब ६० प्रतिशत हिस्सा आन्तरिक पाहुनाले लिएका थिए । तरपनि पोखराको पर्यटकको करिब ४० प्रतिशत हिस्सा सधैंजसो आन्तरिक पाहुनाले ओगटेका छन् ।
पर्यटकीय सहर पोखराबाट नेपालका पूर्वी शहरहरु भद्रपुर, बिराटनगर, जनकपुर सिमरासम्मको सिधा हवाई पहुँच नियमित हुन सकेको छैन । यातायात पहुँच सहज नहुँदा चाहेर पनि पूर्वी भेगका कतिपय पर्यटक पोखरा आउन नसकेको अवस्था छ । । पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशले पोखरालाई प्रदेशको राजधानी घोषणाको लागि संघीय सरकारलाई सिफारिस गरेका छन् । गण्डकीले विभिन्न प्रदेशसँग हवाई सम्पर्कको सुरुवात गरेको छ । अहिले विभन्न कारणले सिधा हवाई सेवा सम्पर्क नियमित नभएकोले प्रदेश सरकारको त्यसतर्फ केन्द्रीत बन्नु पर्छ ।
सुस्ताएको पर्यटन क्षेत्रलाई विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम, मेला महोत्सव तथा गतिविधिलाई बढाएर लयमा फर्काउन सकिन्छ । निजी क्षेत्र आन्तरिक पर्यटन प्रवद्र्धनको लागि क्रियाशिल भए प्रर्यटनको प्रवद्र्धनको अलवा समाग्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । नेपाल पर्यटन बोर्ड, सरकारी निकाय र निजी क्षेत्रले एक आपसमा सहकार्य गरेर सामूहिक र संस्थागत रुपमा काम नगरे पर्यटन प्रवद्र्धन गर्न सकिन्न । त्यसैले सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न सरोकारवाला निकायको समन्वय र सहकार्य जरुरी पर्छ ।
तपाईको प्रतिक्रिया