महेन्द्रपुलमा स्वन्ति नखः महोत्सव

पोखरा ।
नेवा मिसा पुचः कास्कीको आयोजनामा पोखरामा चौथौ स्वन्ति नखः महोत्सव भएको छ । महोत्सवका सहआयोजकमा महेन्द्रपुल नेवा मिसा पुचः, नयाँबजार नेवा मिसा पुचः, न्यूरोड नेवा मिसा पुचः, पृथ्वीचोक नेवा मिसा पुचः र चिप्लेढुङ्गा नेवा मिसा पुच थिए ।
तिहारको समयमा नेवार समुदायले मनाउने तीन पर्व लक्ष्मीपूजा, म्हपूजा र (किजापूजा) अर्थात भाइटीकालाई नेपाल भाषामा स्वन्ति नखः भनिन्छ । नेपाल भाषामा प्रयोग हुने ‘स्व’ को नेपाली अर्थ ‘तीन’ हुन्छ । नेवारहरुले लक्ष्मीपूजा, म्हपूजा र भाइटीका विशेष रुपमा मनाउने भएकाले यसलाई नेवारीमा स्वन्ति नखः भन्ने गरिएको हो ।
महोत्सवमा तमु धिँ नेपालकी संस्थापक अध्यक्ष कर्मा गुरुङले नेवा मिसा पुचः कास्की र तमु धि नेपाल कास्की विगतदेखि नै भगिनी सम्बन्ध रहेको सुनाइन् । उनले मेला, महोत्सवमा एक जातीय समुदायले अर्को जातीय समुदायको सम्मान गर्नाले राष्ट्रियता बलियो हुने विचार राखिन् ।
महोत्सवमा म्हपूजाको डेमोसमेत देखाइएको थियो । जसमा विभिन्न मिसा पुचःका महिलाले पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, वडा नं. ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, तमु धिं नेपालकी संस्थापक अध्यक्ष तथा संरक्षक कर्मा गुरुङलाई भाइटीका र म्हपूजा गरिएको थियो ।
पोखरा ९ महेन्द्रपुलमा भएको स्वन्ति नखः महोत्सवमा तिहारमा ३ दिनका लागि चाहिने विभिन्न सामग्री स्टलका रुपमा राखिएको थियो । महिला उद्यमशीलताका साथमा नेवा संस्कृति जगेर्ना गर्नका लागि महोत्सव आयोजना गरिएको नेवा खलः कास्की अध्यक्ष अशोक पालिखेले बताए । महोत्सवलाई पोखरा महानगरपालिका वडा नं.९ ले प्रायोजन गरेको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया