मसिना पर्यटन सहकारीको सभा

समाधान संवाददाता २०८० कार्तिक २० गते १५:२१

लेखनाथ ।
पोखरा ३२ गगनगौडामा रहेको मसिना पर्यटन सहकारीको ११ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीलेसंस्थाको स्थापनादेखि हालसम्म परिकल्पना गरेको मसिना खोलामा हाइड्रोपावर चलाउने योजना साकार पार्न आग्रह गरे ।


संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली, संस्थाका सल्लाहकार शिवजी लामिछाने, कानुनी सल्लाहकार शोमलाल कँडेल, शुक्लागण्डकी २ का वडाध्यक्ष सुमन रानामगर, ई. सागरमोहन भट्टराई, गगन कालिका सहकारीका अध्यक्ष किसान परियार, संस्थाका उपाध्यक्ष बिमला बस्नेत, संस्थाकी सेयर सदस्य पद्मा बास्तोला, सचिव विष्णुप्रसाद तिवारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया