फेदीखोला समाजमा जगदीशको नेतृत्व

समाधान संवाददाता २०८० कार्तिक २० गते १५:३५

पोखरा ।
वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले जगदीश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, द्वितीय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिव मीनप्रसाद सुवेदी, सहसचिवमा कुलबहादुर रानाभाट (मन) र कोषाध्यक्षमा जितबहादुर क्षेत्री (राजकुमार) छन् ।

Advertisement


कार्यसमिति सदस्यमा रोहिणी पौडेल, देवीका कार्की अधिकारी, प्रेमसागर पौडेल, सीता तिमिल्सिना, नरेन्द्र कार्की, गंगा पराजुली कुँवर, दीपेन्द्र पौडेल, अभिषेक सुवेदी र अनिश गौतम छन् । नयाँ कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक टंकप्रसाद पौडेल, सदस्यहरु रनबहादुर विश्वकर्मा र नारायण पनेरुले सपथ गराएका थिए ।


कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीलेसमाजका हरेक कार्यक्रम फेदीखोला गाउँपालिकाको योजना अनुरुप सञ्चालन गर्न अनुरोध गर्दै आफू र पालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहेको सुनाए । उनले पालिकामा सञ्चालन भएका योजना तथा भावी कार्यक्रमबारे पनि जानकारी दिए ।

Advertisement


संस्थाका संस्थापक अध्यक्ष तथा फेदीखोला २ का वडाध्यक्ष अविलाश गुरुङले स्याङ्जाको फेदीखोला गाउँपालिकामा थातथलो वा जन्म भई पोखरामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरुको साझा संस्थाले फेदीखोलाको विकासमा योगदान गर्ने अपेक्षा सुनाए ।


सो अवसरमा समाजसेवी प्रेमप्रसाद गौतम, प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, अक्षयकोषदाताहरु पुण्यप्रसाद सुवेदी र डा. चन्द्रबहादुर गुरुङलाई सम्मान पत्र, दोसल्ला र अविर लगाई सम्मान गरिएको थियो ।

Advertisement


समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले संस्थाले आफ्नो उद्देश्य अनुसार नै कार्य गर्दै गएको र सबैको सहकार्यमा आगामी योजना बनाइने जनाए । संस्थाका अध्यक्ष कृष्ण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष जगदीश लामिछानेले र सचिव लाल कार्की अन्जानले बोलेका थिए ।

तपाईको प्रतिक्रिया