बालआश्रमलाई हिमाली परिवारकाे सहयोग

समाधान संवाददाता २०८० कार्तिक २१ गते ११:१६

पोखरा ।
पोखरा १६ अर्मलामा रहेको पूर्ण आत्मनिर्भर वालआश्रममा रहेका बालबालिकाको पालन–पोषण र शैक्षिक गुणस्तर वृद्धिको लागि हिमाली साँस्कृतिक परिवारले ३६ हजार नगद सहित खाद्यान्न सहयोग गरेको छ ।


परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले आश्रमले अभिभावाक विहिन बालबालिकाको पालन पोशनका साथै शिक्षा पनि उपलब्ध गराइ सराहनीय काम गरेकाले आश्रमलाई सहयोग गरेको बताए ।


लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ स्थापना भएको परिवारले सामाजिक काम गर्दै आएको जानकारी दिए ।
आश्रमका सञ्चालिका शारदा बस्नेतले बालबालिको आधारभुत आवश्यकता, शिक्षा उपलब्ध गराएर असल र सफल व्यक्ति बन्न आश्रमले सहयोग गरिरहेको बताइन् ।

Advertisement


आश्रममा हुने खर्चको ३० प्रतिशत आश्रममा रहेको कृषिखेति, भैसी, बाख्रा पालनबाट भएको आम्दानीले धान्ने बस्नेतले जानकारी दिइन् ।


कार्यक्रममा तेजबहादुर गुरुङ, टिकाबहादुर कार्की, कमल गुरुङ, डबिन गुरुङ लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया