पुतली बाजेको अन्तिम विदाइ
समाधान संवाददाता
२०८० कार्तिक २१ गते ११:२७

पोखरा ।
नेपालमा पुतलीको अध्ययन र संकलन तथा संग्रहालय स्थापनामा योगदान गरेका कोलिन फिलिप स्मिथ (पुतली बाजे) को सोमबार अन्तिम संस्कार गरिएको छ । नदीपुरस्थित चर्चमा क्रिस्चियन परम्पराअनुसार विदाइ गरी सेतीनदीमा उनको अन्तिम संस्कार गरिएको थियो । ८७ वर्षको उमेरमा उनको १८ कात्तिक शनिबार निधन भएको थियो ।
नेपालमा लामो समय बिताएका उनलाई नेपाल सरकारले सम्मानार्थ नेपाली नागरिता प्रदान गरेको थियो । उनको चाहना अनुसारै क्रिस्चियन र नेपाली परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको थियो । पृथ्वीनारायण क्याम्पस हाताभित्रको पुतली संग्रहालयमा सोमबार उनको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । पोखराका मेयर धनराज आचार्य लगायतले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सम्बन्धित







भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया