पुम्दीभुम्दी सहकारीमा नयाँ सञ्चालक समिति
पोखरा ।
पुम्दीभुम्दी बचत तथा ऋण सहकारी पोखरा २२ को शनिबार भएको ५ औं साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ सञ्चालक समिति चुनेको छ । यामकुमार बरालको अध्यक्षतामा सर्वसम्मत भएको समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद बराल, सचिव प्रमोद बराल, कोषाध्यक्ष अम्बिका बराल र सहसचिवमा सन्तोष दियाली छन् ।
सञ्चालक समिति सदस्यमा अनिषा बराल, सुरज बराल, झमकनाथ देवकोटा, दिनेश बराल, सुशीला ढकाल बराल र सरोज केसी चुनिएका छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा प्रदीप बराल र सदस्यद्वयमा युवराज थापा पराजुली र सुमन बराल छन् ।
नवनिर्वाचित अध्यक्ष यामकुमारले संस्थालाई सहकारीका मूल्य, मान्यता तथा नीति अनुसार सञ्चालन गरी सेयर सदस्यको जीवनोस्तर उकास्न योगदान गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सहकारीहरुले सेयर सदस्यलाई आत्मनिर्भर बनाउन सघाउनुपर्छ । सेयर सदस्यलाई वित्तीय शिक्षा तथा तालिम दिएर जागरुक बनाउँदै सहकारीविरुद्ध आएक भ्रम चिर्नु जरुरी छ ।’
पोखरा २२ का वडाध्यक्ष हिमलाल बराले सहकारीले लगानी र असुलीमात्रै नभएर उत्पादनमूलक काम गरी समाजमा योगदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पुम्दीकोट विकास समितिका संस्थापक अध्यक्ष चन्द्रकान्त बराल, सहकारीका सचिव प्रमोद बराल, उपाध्यक्ष लक्ष्मीप्रसाद बराल लगायतले बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया