सम्पादकीयः बिजुलीका बेथितिहरु

नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले कात्तिकको दोस्रो सातादेखि धमाधम बिजुलीका लाइनहरु काटिरहेको छ । महसुल बुझाउन बाँकी राखेका उपभोक्ता चाहे ती सरकारी कार्यालय किन नहुन्, अड्डा अदालतदेखि मन्त्रालयसम्मका लाइन प्राधिकरणले काटेको छ । घरायसी उपभोक्ता पनि यसमा परेका छन् । महसुल बक्यौता रहेको ६० दिन पूरा भए पनि पैसा नबुझाउनेको लाइन काट्ने प्राधिकरणको नीति नियम छ । तर त्यसभन्दा ज्यादा समयदेखि पैसा नबुझाएकाहरुको लाइन लाइन अहिले प्राधिकरणले काटिरहेको छ ।
विद्युत प्राधिकरण उत्पादन र वितरण दुवै आफै गर्ने संस्था हो । निजी क्षेत्रले उत्पादन गरेको पनि किनेर यसैले उपभोक्ताकहाँ पुर्याउँछ । उत्पादकलाई उसले पैसा बुझाउँछ । तर उपभोक्ताकहाँबाट उठ्न सकेन भने प्राधिकरण घाटामा जान्छ । प्राधिकरणले भनेजस्तो नाफा कमाउन नसक्नु र भनेजस्तो स्तरीय सेवा दिन नसक्नुमा यसभित्रका बेथितिहरु कारण छन् । त्यसमध्ये बिजुलीको महसुल उठ्न नसक्नु प्रमुख हो ।
२०७३ को तिहारअघिसम्म नेपालमा दैनिक १८ घन्टासम्म पनि बिजुली जान्थ्यो । भार वितरणमा सन्तुलन कायम हुन नसक्दा र ठूला उपभोक्ताले बेलामा महसुल नतिर्दा लोडसेडिङको त्यो समस्या भएको पत्तो लगाएर बिजुलीको नियमित आवागमन कायम त भयो तर त्यसले अझै निरन्तरता पाएको छैन । अझै पनि बिजुली आउने जाने भइरहन्छ । उपभोक्ताले अझै लोडसेडिङ भइरहेको भनिरहेका छन् । प्राधिकरणको भाषामा त्यो लोडसेडिङ होइन तर भुक्तभोगी उपभोक्तालाई त बिजुली गएपछि लोडसेडिङ भइहाल्यो । जे भए पनि बिजुलीको निरन्तरता भएन भने घरायसी जनजीवनदेखि उद्योग, धन्दा र व्यवसायमा असर पर्छ नै ।
अहिले २७ सय मेगावाट बिजुली देशभित्र उत्पादन भइरहेको छ । त्यो मागभन्दा धेरै पनि हो । तर पनि भनेजस्तो सेवा भने उपभोक्ताले पाइरहेका छैनन् । वितरण प्रणालीमा थुप्रै बेथिति र समस्या छन् । ट्रान्सफर्मरहरु पुराना छन् । लाइन पुराना छन् । खम्बाहरु पुराना छन् । हावाहुरी चल्नासाथ वा कतै माग बढी हुनासाथ लाइन जान्छ । प्राधिकरणले वितरण प्रणाली नसुधारेसम्म बिजुली आउनेजाने समस्या भइ नै रहन्छ । त्यसका लागि प्राधिरणले वितरण प्रणालीमा ठूलो लगानी गर्नुपर्ने अवस्था छ ।
उठाउनुपर्ने महसुल उठाउन सकेन भने प्राधिकरणले लगानी पनि गर्न सक्दैन । तसर्थ महसुल उठाउने अभियानलाई तीब्रता दिनु नै पर्ने थियो । यस्ता अभियानचाहिँ एकपटक चलाएर हुँदैन । नियमित रुपमै विद्युत महसुल उठ्ने प्रणाली नै बसाल्न सक्नुपर्छ । उपभोक्तालाई बेलामा महसुल तिर्नुपर्छ भन्ने चेतना र शिक्षा यस्ता खाले अभियानले अवश्य पनि दिन्छन् ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया