नेपाल भित्रियो हाइड्रोजन कार

काठमाडौं ।
काठमाडौं विश्वविद्यालयले नेपालकै पहिलो हाइड्रोजन फ्युल सेल कार नेपाल भित्रयाएको छ । ग्रिन हाइड्रोजनमा अध्ययन अनुसन्धान गरिरहेको विश्वविद्यालयले यसको व्यावसायिक उत्पादन र प्रयोगलाई बल पुर्याउन यो गाडी नेपाल ल्याएको हो ।
विश्वविद्यालयले दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार ल्याएको विश्वविद्यालयका एसोसियट प्राध्यापक डा बिराजसिंह थापाले जानकारी दिए । नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलोपटक हाइड्रोजन कार भित्र्याइएको छ । शनिबार काठमाडौं विश्वविद्यालय (केयू)मा हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी आइपुगेको हो ।
हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवं अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याइएको जनाएको छ ।
हाइड्रोजन ऊर्जा क्षेत्रमा अध्ययनका निम्ति सहायता प्रदान गर्नेबारे करिब तीन वर्षअघि निगम र केयूबीच एक सम्झौता भएको थियो । हाइड्रोजन ऊर्जाको उत्पादन, निर्यात र हाइड्रोजन गाडीको सम्भावनालगायत अध्ययन–अनुसन्धान गर्न निगमले केयूलाई पाँच करोड रुपैयाँ सहायता गर्ने सम्झौता थियो ।
निगमकै सहायताबाट नेपालमै पहिलोपल्ट हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन ल्याइएको केयू हाइड्रोजन ल्याबका प्रमुख प्राडा थापाले बताए । थापाका अनुसार नेपाल आयल निगमको सहयोगमा यो गाडी नेपाल भित्रिएको हो । कोरियामा ६० हजार १३५ (करिब ८० लाख रुपैयाँ) मूल्य पर्ने यो गाडीको पावर १६१ हर्स पावर अर्थात १२० किलोवाट क्षमताको छ । जसले ६११.५५१ किमि रेञ्ज दिने बताइएको छ ।
‘कोरिया, जापान, अमेरिका जस्ता देशहरूमा हाइड्रोजनबाट यातायातका साधन व्यावसायिक रूपमा सञ्चालनमा आइसकेका छन्,’ थापाले भने, ‘नेपाललाई समेत त्यसका लागि अनुकूल कसरी बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा यो गाडी आयात गरिएको हो ।’
अहिले विश्व बजारमा आइसकेको प्रविधि भिœयाएर त्यसका लागि आवश्यक नीतिगत तथा कानूनी बाटो खोलौं भन्ने सोचाई रहेको प्राध्यापक थापाले सुनाए । यातायात व्यवस्था विभागले भने अहिलेसम्म हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि नम्बर प्लेटको व्यवस्था भने गरेको छैन । हाइड्रोजनलाई इन्धनको रूपमा वर्गीकरण गर्न सकेको खण्डमा यी कुराहरू पनि अघि बढ्दै जाने अपेक्षाका साथ काठमाडौं विश्वविद्यालयले हाइड्रोजन कार र हाइड्रोजन रिफिलिङ स्टेसन प्रयोगात्मक रूपमा भित्रयाएको हो ।
प्राडा थापा नेपालको भविष्य हाइड्रोजनले निर्धारण गर्न सक्नेमा विश्वास गर्छन् । ‘खाडी मुलुकहरू पेट्रोलियम पदार्थकै कारण सम्पन्न भए । त्यस्तै गरी नेपालले हाइड्रोजनबाट लाभ लिन सक्ने पर्याप्त सम्भावना छ,’ उनी भन्छन्, ‘हामीसँग आन्तरिक रूपमा हाइड्रोजन खपत गर्ने र भविष्यमा संसारलाई आवश्यक हाइड्रोजन निर्यात गर्न सक्ने सम्भावना छ ।’ निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अध्ययन–अनुसन्धानका निम्ति केयूलाई सहयोग गरिएको बताए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया