जागरण आमा समूहले बनायो भवन

गण्डकी ।
सभ्य समाज निर्माणका साथै महिला नेतृत्व विकासमा अग्रणी भूमिका खेल्दै आएको जागरण आमा समूहले कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित भित्री पाटनको सार्वजनिक जग्गामा लगभग १५ लाखको लागतमा उक्त ट्रस्ट भवन निर्माण गरिएको हो ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले समूहको दशौं वार्षिक साधारण सभा एवम् पाँचौ अधिवेशनका आवसरमा सोमबार नवनिर्मित भवनको उद्घाटन गर्दै हक अधिकार सुनिश्चितताका लागि आमा समूह संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिइन् ।
आमा समूहका प्रत्येक गतिविधिमा वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै उनले अबका आमाहरु उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् । चोरको विगविगी भएपछि सो क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा रातिको समयमा गस्ती बस्दै आएको जनकल्याण टोल विकास संस्थाका अध्यक्ष इन्दिरा भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा समूहको भवन निर्माणमा सहयोग गर्नु हुने दाता, समाजका ज्येष्ठ नागरिक लगायत आमा समूहको उन्नयनका लागि निरन्तर लाग्ने समाजसेवी, शिक्षाप्रेमी, संस्कृतिकर्मीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
समूहका अध्यक्ष शोभा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य शिवराम भण्डारी, जानकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, सीतापाइला ढुंगेसाँघु आमा समूहकी अध्यक्ष सीता काफ्ले, सिद्धेश्वर बहुद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष शंकरराज भण्डारी, ढुंगेसाँघु बचत तथा ऋण सहकारीका अध्यक्ष नेत्रप्रसाद भण्डारी लगायतले आमा समूहको आवश्यकता र यसले गर्दै आएका क्रियाकलापका बारेमा चर्चा गरेका थिए ।








५ वर्षमा पनि बनेन सेती नदीमा पुल
एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया