प्लाष्टिकका पुष्पगुच्छा र माला बेच्न रोक

पोखरा ।
पोखरा महानगरपालिकाले प्लाष्टिकका माला र पुष्पगुच्छा उत्पादन आयात र वितरणमा रोक लगाएको छ । तयारी बढी प्रयोग हुने यी सामानको बिक्री, उत्पादन र आयात रोक्न महानगरले सोमबार अनुगमन गरेको छ ।
महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समिति संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका १२ वटा पसलमा अनुगमन भएको छ । ७ पसललाई कारबाही गरी ४० हजार जरिवाना असुल गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरका माला जफत गरिएको छ ।
महानगर सहकारी शाखाका अधिकृत ऋषिराम सापकोटाले पोखरा वडा ९ मा रहेको जयमा पूजा सामग्री भण्डारलाई १० हजार जरिवाना गरिएको र त्यहाँबाट ९० हजार ९ सय ६० रुपैयाँको माला जफत गरिएको जानकारी दिए । पोखरा ३ को माता मनकामना पूजा सामग्री भण्डारलाई अनुगमन समितिले ५ हजार जरिवाना तिराएको छ ।
सात पसललाई कारबाही गरी ४० हजार जरिवाना र १ लाख ९ हजारका माला जफत
यस्तै, पोखरा ३ कै किरण टे«ड लिंक र महेन्द्रपुलको सुधा साहुुको पूजा सामग्री भण्डारलाई ५ हजार जरिवाना गरिएको छ । खाल्सा गिफ्ट हाउस, नमो शिवाय पूजा सामग्री भण्डार, स्वीट एन्ड चार्ट रेष्टुुरेन्टलाई समेत पाँच/पाँच हजार जरिवाना गरिएको छ । स्वीट हाउसमा रसबरीमा झिंगा, पुरानो चास्नी र फोहोर भेटिएको थियो ।
थाप ५ पसललाई सचेत गराउनुको साथै आगामी दिनमा प्लाष्टिकका पुष्पगुच्छा, माला बिक्री नगर्न निर्देशन दिइएको छ । महानगरका उपप्रमुख गुरुङले प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा असर परेको पर्ने भएकाले अनुुगमन गरिएको जनाइन् । ‘चाडपर्वमा प्लास्टिकजन्य फूलको कारोबार बढी भएकाले अनुगमन गरेका हौँ,’ उनले भनिन्, ‘गत वर्ष सचेत गराइएका केही व्यापरीलाई यसपालि जरिवानासहित सामान जफतसमेत गरेका छौँ ।’
महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले सानादेखि होलसेल पसलसम्म अनुगमन गरिएको सुनाए । प्लाष्टिका फूल, माला वितरणमा रोक लगाउर्दा स्थानीय फूलले बजार पाउने र वातावरणमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले अनुगमनलाई निरन्तरता दिइने उनको भनाइ छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया