क्युपेक गण्डकी संयोजकमा सोम

समाधान संवाददाता २०८० कार्तिक २१ गते १३:४४

पोखरा ।
नेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर (क्युपेक नेपाल) गण्डकी प्रदेश कमिटी गठन गरिएको छ । क्युपेक नेपालको गण्डकी प्रदेश स्तरीय योजना कार्यशालाका क्रममा ११ सदस्यीय कमिटी गठन गरिएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।


कमिटीको संयोजक सोमबहादुर आले, सहसंयोजक पुण्यप्रसाद उप्रेती र सदस्य सचिव तीर्थराज मगर छन् । संयोजक आले क्युपेक नेपालका केन्द्रीय उपमहासचिव हुन । सहसंयोजक उप्रेती केन्द्रीय सचिव छन् । कमिटीको सदस्यमा हरि श्रेष्ठ, पार्वती तामाङ, विन्दु श्रेष्ठ, बमबहादुर थापा, महाप्रसाद राई, मनबहादुर थापामगर र बाबुराम सापकोटा छन् ।


क्युपेक नेपालको गण्डकी प्रदेश स्तरीय योजना कार्यशालामा केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले क्युपेकको नीति, कार्यक्रम र भावी रणनीति, जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष खत्रीले जिफन्टको नीति र योजना, क्युपेक नेपालका महासचिव राजेन्द्र बिष्टले योजना निर्माणका बारेमा सहजीकरण गरेका छन् ।

Advertisement

बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले उद्घाटन गरेको कार्यशालाले क्युपेक नेपाल गण्डकी प्रदेशको वर्षभरीका योजना निर्माण गर्नुका साथै प्रदेश कमिटी गठन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया