विश्वकप छनोट भएका खेलाडीलाई जनही १३ लाख

समाधान संवाददाता २०८० कार्तिक २२ गते ११:२९

काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।


राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।


विश्वकपमा छनोट भएका प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ । आइतबार सम्पन्न आईसीसी टी– २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा छनोट भइसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया