ज्ञान योग शिविर

समाधान संवाददाता २०८० कार्तिक २२ गते ११:३०

पोखरा ।
ज्ञान योग ध्यान तथा साधना शिविर पोखरामा भएको छ । डा. योगी विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीको आयोजनामा भएको शिविरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आध्यात्मिक ज्ञानबाट नै संसार बदल्न सकिन्छ भन्ने मनोक्रान्ति अभियान सफल भएको जनाए ।

Advertisement


पोखरा २३ मा रहेको फाउन्डेसन आफैंमा आध्यात्मिक केन्द्रको रुपमा उदाएकाले त्यहाँसम्म पुग्ने सडक गन्तव्यलाई छिटोभन्दा छिटो निर्माण गर्ने प्रतिबद्धतासमेत उनले जनाए । फाउन्डेसनका प्रमुख डा. योगी विकाशानन्दले शरीर र मनलाई स्वस्थ्य बनाउन आत्मबल दरिलो बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि ज्ञान योग धयन र साधना नै महत्वपूर्ण औषधी हुने विचार राखे ।


फाउन्डेसनका अध्यक्ष धना पुनको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता सुष्मा पौडेल, सल्लाहकार रामचन्द्र पौडेल, सचिव कमला पौडेल लगायतले बोलेका थिए । शिविरमा सरकारी तथा गैह्र सरकारी निकाय, महानगरपालिका, गाउँपालिका तथा धार्मिक एवं सामाजिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि गरी ८ सय जना सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया