सम्पादकीयः कोरालामा पूर्वाधार बनाऊ

चीन सरकारले उत्तरी मुस्ताङको नेपाल चीन सिमनामा रहेको कोरोला नाका खोल्ने निर्णय गरेको छ । कोभिड १९को प्रकोप तथा सुरक्षाका कारण चीनले ४ वर्ष अगाडी देखि बन्द गरेको नाका अब १२ महिना खुल्ला हुने क्रममा छ । चीन पक्षको निर्णयसँगै कार्तिक २७ गते अर्थात नोभेम्बर २३ तारिखदेखि खुल्ला हुने नाका सोही दिन उद्घाटन गर्ने कार्यक्रम तय भएको । उपल्लो मुस्ताङका लोमाङथाङ र लोकेघर दामोदर कुण्ड दुई गाउँपालिकाको हकमा मात्र कार्यान्वयन हुने गरी नाका खोल्न लागिएको छ । नाका खुल्ला भएपछि स्थानीय व्यापारी, सर्वसाधारण र नेपाल सरकारलाई समेत व्यापारिक कारोवार र राजश्व संकलनमा टेवा पुग्ने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमणको क्रममा चीनतर्फबाट अवरुद्ध रहेका नाका खोल्न पहल भएको थियो । सोही योजना अन्तर्गत नाका औपाचारिक रुपले खुल्ला गर्न लागिएको हो । उपल्लो क्षेत्रका मुस्ताङका जनताले चीनको तिब्बती अल्पकालिन व्यापार मेलाबाट खाद्यान्न,निर्माण सामाग्री,लत्ताकपडा,कृषि उपकरण,ईलेक्ट्रोनिक सामानका साथै भेडा च्यांग्रा आयात गर्दै आएका छन् । नेपालबाट भने यार्सा गुम्बा, पस्मिना, स्थानीय कृषि उपज सामाग्री निर्यात हुने गरेको थियो । नेपाल÷चीन कोरलानाकाको बोर्डर खुल्ला गर्न नेपाल र चीन बीच अघिल्लो हप्ता तिब्बतको ढुंगेवासेनमा वार्ता भएको थियो । सोही बेला नाका खुल्ला गर्ने तिथिमिति तय गरिएको थियो ।
सन २०१२मा नेपाल र चीनले थप ६ आदिकारिक सीमा नाका खोल्नको लागि गरेको सहमतिमा कोरला नाका समेत पर्छ । नेपाल सरकारले ८ जुलाई सन २०१६मा एक वर्ष भित्र कोरोला नाका खोल्ने घोषणा गर्यो । तर आवश्यक कामलाई अगडी बढाउन ध्यान दिएन । चीन पक्षले कोरला क्षेत्रमा न १ हजार भन्दा बढी पसल संञ्चालन गर्न मिल्ने गरी पूर्वधार तयार गरिसकेको छ । तर नेपालले अहिलेसम्म नाका खोल्न चाहिने कुनै पूर्वाधार बनाएको छैन । चीनले भन्सारको लागि भव्य भवनहरु र नाका सुरक्षार्थ खटिएका चिनिया फौज छन् । नेपालको सीमा सुरक्षा पोष्ट तथा भन्सार १२ किमीयता नेप्चुङमा छन् ।
उत्तरी सीमनातर्फ तातोपानी, रसुवागढी पछि कोरला २ देश बीचको तेश्रो महत्वपूर्ण नाका हो । ऐतिहासिक रुपमा नुनका व्यापार गरिएको नाका छिटफुट कामको लागि वाहेक सन १९६०देखि पूर्ण रुपमा बन्द छ । २०७४ देखि राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक स्तरोन्नति भइरहेको छ । स्वदेशी तथा विदेशी पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बनेको छ । चीन र भारतसँग जोडिएको गण्डकी प्रदेशको समग्र विकासको लागि कोरला नाका खुल्नु खोल्नु स्वागत योग्य काम हो । सीमा र परराष्ट्रको दायित्व संघीय सरकारले नेपालतर्फ दुबै देशको लागि सुरक्षा संवेदनशील र चासोको विषय बनेको भौतिक पूर्वाधार निर्माणमा ढिला गर्नु हुदैन ।
तपाईको प्रतिक्रिया