
जोमसोम ।
मुस्ताङको जोमसोममा नेपाली सेनाले सामुदायिक विपद् प्रतिकार्य तालिम तथा कृत्रिम अभ्यास गरेको छ । जोमसोम स्थित नारायण दल गणको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिको प्रांगणमा नेपाली सेनाका जवानले विपद् प्रतिकार्य तथा कृत्रिम अभ्यास गरेका हुन् ।
मुस्ताङमा घट्न सक्ने घटनाहरु न्यूनीकरण, उद्दार र मानवीय सहयोग गर्न नेपाली सेनाले कृत्रिम अभ्यास (डेमो) गरेको हो । सेनाले संघीय तथा प्रादेशिक सरकारको वार्षिक नीति तथा कार्यक्रम र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला स्थित स्थानीय निकायका जनप्रतिनिधि, कर्मचारी, रेडक्रस, संघ, संस्था, नागरिक समाज, विद्यार्थी, पत्रकार र सरोकारवाला निकायको उपस्थितिमा विपद् प्रतिकार्यको डेमो प्रस्तुत गरेको हो ।
सेनाको विपद् प्रतिकार्य कृत्रिम अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्दार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित थियो । विपद् प्रतिकार्य तालिम तथा अभ्यासमा २ घटनालाई आधार बनाएर सेनाले (डेमो) देखाएको नारायण दल गणका प्रमुख सेनानी लेखनाथ कटुवालले जानकारी दिए । तालिममा विपद् प्रतिकार्य तथा यसमा प्रयोग हुने सामग्रीको समेत प्रदर्शनी गरिएको छ ।
जोमसोममा नेपाली सेनाले फायर फाइटिङ र रिभर क्रसिङको कृत्रिम अभ्यास गरेको छ
विपद् जोखिम न्यूनीकरणका लागि विगतमा घटेका घटना अध्ययन, विश्लेषण गरी यस प्रकारका घटना पहिचान गर्न सहज हुने हेतुले सेनाले बर्सेनि कार्यक्रम गर्दै आएको प्रमुख सेनानी कटुवालले उल्लेख गरे । अभ्यास तालिममा फायर फाइटिंङ र रिभर क्रसिङ गरी दुई इभेन्टको प्रदर्शन गरिएको छ । । फायर फाइटिङतर्फ ग्याँस लिक भएर घरमा आगलागी भएपछिको हाताहाती र उद्धारका लागि सुरक्षाकर्मीको उपस्थिति र सहयोग देखाइएको थियो ।
रिभर क्रसिङतर्फ बाढीले बगाएर नदी किनारामा घाइते भएकी महिलालाई नदी तरेर हाइ लाइन रेस्क्यु गरी अस्पताल लैजाने अभ्यास देखाइएको थियो । यस्ता अभ्यासले सम्भावित विपदको तयारीमा सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ बताउँछिन् । हिमाली जिल्ला मुस्ताङ हिमपहिरो, आगलागी, बाढी, पहिरो आदिको उच्च जोखिममा छ ।
जलवायु परिवर्तनका कारण हिमाली जिल्लाहरु उच्च प्राकृतिक जोखिममा रहेको र अनेक विपद् आउन सक्ने नेपाल रेडक्रस सोसाइटी मुस्ताङ शाखा सभापति चन्द्रबहादुर थकाली बताउँछन् । उनले विपद् प्रतिकार्यका लागि नेपाली सेनासहितको सुरक्षा निकायले खेल्दै आएको भूमिका सराहनीय रहेको जनाए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया