प्रतिभा माविलाई ‘बेस्ट स्कुल अवार्ड’

समाधान संवाददाता २०८० कार्तिक २३ गते ११:१७

पोखरा ।
पोखराको प्रतिभा माविले बेस्ट स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ । कलेज रिडर्सले जापानको टोकियोमा हालै आयोजित एक कार्यक्रमबीच ‘नेपाल एजुकेसन अवार्ड’ अन्तर्गत प्रतिभा माविलाई ‘बेस्ट प्लस टु स्कुल अफ द इअर अवार्ड २०२३’ प्रदान गरेको हो ।


सो अवार्ड विद्यालयका प्राचार्य किरण सापकोटाले ग्रहण गरेका थिए । अवार्ड ग्रहण गर्दै उनले प्रतिभालाई उत्कृष्ट प्लस टु छनोट गरी अवार्ड प्रदान गरेकोमा आभार समेत व्यक्त गरें । मावि र उच्च मावि मध्येबाट उक्त अवार्डका लागि प्रतिभा छनोट भएको थियो ।


प्रतिभा नेपालकै उत्कृष्ट विद्यालय मध्येमा स्थापित बनिसकेको शिक्षण संस्था रहेको सापकोटाले बताए । उत्कृष्ट नतिजा, राम्रो व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार लगायतको मापदण्डलाई मूल्यांकन गर्दै प्रतिभालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।

Advertisement


अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै विद्यालयका अध्यक्ष नारायण पौडेलले जापानमा आयोजित कार्यक्रममा उत्कृष्ट प्लस टुको अवार्ड प्राप्त गर्नु विद्यालका लागि गौरवको कुरा भएको बताए । सबैको मेहनतको कारण यो सफलता मिलेको उनको भनाइ छ ।


पोखरा क्षेत्रमा विभिन्न व्यापार तथा व्यवसायमा स्थापित शैक्षिक उद्यमीहरुको लगानीमा सञ्चालित प्रतिभा माविमा वर्षेनी विद्यार्थीको आकर्षण देखिदै आएको छ । यस अगाडि प्रतिभाले सन् २०१८ मा यूएईमा भएको कार्यक्रममा टिचिङ एक्सेलेन्स अवार्ड समेत हात पारेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया