अपराध रोकथाममा सामुदायिक

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले कास्कीमा क्रियाशील सबै सामुदायिक सेवा केन्द्रलाई चाडपर्व लक्षित जिंगल तथा सचेतनामूलक हाते पर्चा वितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण तथा सुरक्षित समाज निर्माणका लागि सेवा केन्द्रलाई जिंगल सहित पर्चा हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
अध्यक्ष पराजुलीले सवारी चालक तथा पैदलयात्रुका लागि सुरक्षित सडक र सवारी, साइबर अपराध, लागु औषधको दुरुपयोग, जबरजस्ती करणी, आत्महत्या रोकथाम तथा नियन्त्रण, घरेलु हिंसा, वन डडेलो नियन्त्रण र पर्यावरण संरक्षण लगायतका विषयगत पर्चा ७ वटा सेवा केन्द्रलाई प्रदान गरिएको बताए । उनले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा सबै सामुदायिक सेवा केन्द्रको सहयोगमा सचेतनामूलक पर्चा तयार पारेको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सामुदायिक सेवा केन्द्रहरुको सक्रियताले विकृति, विसंगति न्यूनीकरण र शान्ति, सुरक्षा कामय गर्न सहयोग पुगेको बताए । ‘स्थानीय समुदाय तथा नेपाल प्रहरीको सहकार्यमा विकृति, विसंगति न्यूनीकरण तथा शान्ति, सुरक्षा अमनचयन कायम गर्ने कार्यक्रम भएका छन्,’ उनले भने, ‘अपराध रोकथाम तथा नियन्त्रण, समुन्नत समाज निर्माणका लागि समन्वय र सहकार्य गर्न नेपाल प्रहरी तयार छ ।’ उनले विषयत पर्चा लक्षित समुदायसम्म पु¥याउन अनुरोध गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष विकल केसी लगायतले सामुदायिक सेवा केन्द्रले चाड पर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम गरेको बताए । कार्यक्रममा ६८ औं प्रहरी दिवसको सन्दर्भमा सम्मानित भएका सामुदायिककर्मीहरु मोती गिरी, मनपति भण्डारी, रामप्रसाद अधिकारी र मिरादेवी आचार्यलाई संस्थाको तर्फबाट माला लगाएर सम्मान गरिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया