सञ्चार साकोसको पाम वर्कसप

पोखरा ।
पोखराको न्युरोडमा रहेको सञ्चार बचत तथा ऋण सहकारीको आयोजना एव् नेफस्कुनको प्राविधिक सहयोगमा गण्डकी प्रोवेसन तेस्रो क्लस्टर अन्तर्गत पोखरामा आठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) भएको छ ।
कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आबद्ध गण्डकी प्रदेशका ११ साकोसका सञ्चालक÷प्रोबेसन कार्यदल संयोजक÷सदस्य र व्यवस्थापक, आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारी गरी जम्मा ४४ जना सहभागी थिए ।
सञ्चार साकोस अध्यक्ष विनोद ढुंगानाले पाम वर्कसप सहकारीको दिगोपन, संस्थागत सुधार र सहकारी बीचको सबल पक्षलाई आत्मसात र दुर्वल पक्षलाई निर्मूल गर्न प्रभावकारी हुँदै गएको धारणा राखे । उनले केही सहकारी सञ्चालक र व्यवस्थापकीय जिम्मेवारीमा रहेकाहरुको खराब नियतका कारण आज राम्रा सहकारीले पनि बदनाम हुनुपर्ने अवस्था आएको जनाउँदै वित्रीय संस्थाको अनुगमनका लागि प्रभावकारी संयन्त्रको खाँचो औंल्याए ।
सम्बन्धित निकायले वित्तीय साक्षरताको विकास, असल अभ्यासका आधारमा सहकारीको वर्गीकरण गर्दै सर्वसाधारणलाई सहकारी प्रतिको विश्वास बढाउन आवश्यक कार्यक्रमको जोड दिनुपर्ने उनको भनाइ छ ।
नेफस्कुनका कार्यक्रम अधिकृत सुरज चालिसे सहजीकरण गरेको सो कार्यशालामा ११ वटा सहकारी संस्थाका असल अभ्यास आदानप्रदान गरिएको थियो । जसमध्ये तोडा साकोसका सहायक व्यवस्थापक रामप्रसाद खड्की उत्कृष्ट प्रस्तुत कर्ता रुपमा पुरस्कृत भइन् ।
कार्यशालामा सञ्चार साकोसका लेखा समिति संयोजक गणेश पराजुलीले सात सिद्धान्त वाचन गरेका थिए भने सञ्चालन सचिव पवित्रराज तिवारी र धन्यवाद ज्ञापन सदस्य जमुना वर्षा शर्माले गरेकी थिइन् । प्रत्येक ३ महिनामा हुने पाम वर्कसप आगामी नवौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाले आयोजना गर्ने सञ्चार साकोसका व्यवस्थापक रेशम खड्काले जानकारी दिए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया