मणिपालको सहयोगमा स्वास्थ्य जाँच

म्याग्दी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा चिमखोला गाउँ, रघुगंगा ७, म्याग्दीमा, आँखा तथा जनरल मेडिसिनको निशुल्क स्वास्थ परीक्षण, निशुल्क औषधी वितरण तथा सूगर जाँच भएको छ ।
मणिपाल शिक्षण अस्पतालबाट आँखा तथा जनरल मेडिसिन विभागका विशेषज्ञहरुको टोली एक दिन अगाडि नै पुगेर बिहानैदेखि शिविर सञ्चालन गरी फर्केका थिए । रघुगंगा गाउँपालिका वडा न –७ का वडा अध्यक्ष ठगबहादुर पाइजा पुनले पोखरादेखि दुर्गम गाउमा आएर मणिपाल शिक्षण अस्पताल र सिजिन लाइफ इन्सोरेन्सले निशुल्क स्वास्थ्य परीक्षण र निशुल्क औषधी वितरण गरी गुन लगाएको बताए ।
सिटीजन लाइफ इन्सोरेन्स कम्पनीका प्रमुख सुनिल पोखरेले मणिपाल अस्पतालसँग सहकार्य गरेर दुर्गम गाउमा निशुल्क स्वास्थ्य गर्न पाउदा निकै खुशी लागेको सुनाए ।
मणिपाल शिक्षण अस्पतालका सहायक प्रबन्धक खिमबहादुर लामिछानेले मणिपाल शिक्षण अस्पतालको सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर निशुल्क स्वास्थ्य शिविरहरुमा प्राविधिक सहयोग तथा निशुल्क औषधीहरु वितरण गर्ने गरेको जानकारी दिए ।








थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया