आफ्नै बुवालाई खुर्पा प्रहार गरी फरार व्यक्ति गिरफ्तार

पाेखरा।
पोखरा १७ बिरौटामा बुबा रामु क्षेत्रीलाई खर्पाले हानेर फरार रहेका छोरा रविन क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेकाे छ। बुबालाई खुर्पाले हानेपछि उपचारका क्रममा पाेखराकाे चरक मेमोरियल अस्पतालमा बुबा रामुकाे मुत्यु भएकाे थियाे ।
रविनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला पाल्पा स्थित प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित नियन्त्रण लिएकाे हाे ।
२०८० कात्तिक २८ गते १२ बजेकाे समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा १७ बिरौटा गोधुली संसार पथ स्थित ५२ वर्षीय रामुलाई छोरा २२ वर्षीय रविन क्षेत्रीले खुर्पा प्रहार गरी घाईते बनाई फरार थिए ।
उक्त सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई घाईतेलाई उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाएकोमा साेही दिन बेलुका ५ बजे रामुकाे मृत्यु भएकाे थियाे ।
उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको कास्कीकाे डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया