गण्डकी भलिबल टीमका सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा निधन

पोखरा ।
गण्डकी प्रदेश भलिबल टीमका सदस्य सन्तोष बहादुर थापाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । मंगलबार राती ११ बजे स्याङजाको वालिङ नगरपालिका केऔरे भञ्ज्याङबाट घर फर्कर्दै गरेको अवस्थामा उनको मोटरसाइकल दुर्घटनामा परेको हो । २२ वर्षिय वालिङ केऔरै भञ्ज्याङबाट वडा स्तरिय भलिबल प्रतियोगितामा सहभागी भएर आफ्नो घर चापाकोट नगरपालिका –२ धुर्कोट फर्किर्दै थिए । सन्तोष चापाकोटको दुर्दाङ भन्ने स्थानमा दुर्घटनामा परेका हुन् ।
भलिबलका ओपन स्पाइकर थापाले गण्डकी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय यू–२३ भलिबल छनौट प्रतियोगिता तथा पहिलो, दोश्रो र तेश्रो सस्करणको टाइगर कप भलिबल प्रतियोगितामा सहभागी खेलाडी हुन् । सशस्त्र प्रहरीको एपिएफ क्लबबाट समेत खेलका सन्तोषको निधनमा बिहीबार गण्डकी प्रदेश भित्र हुन् भलिबल प्रतियोगिताहरु स्थगित गरिएको थियो ।
गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङल सन्तोषको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु स्थगित भएको जानकारी दिए । ‘प्रदेशको भलिबलले ठूलो क्षती व्यहोरेको छ । एक उत्कृष्ट यूवा खेलाडी हामीले गुमायौं । सन्तोषले पु¥याएको योगदानको कदर गर्दै प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु बिहीबार स्थागित भएको छ ।
सन्तोषको निधनमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवं नेपाल भलिबल संघका सचिव श्रीधर शर्माले सन्तोषको असमायिक निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । सन्तोषको नै बिहिबार स्याङजा चापाकोटस्थित कालीगण्डकी घाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम छ । उनको सम्मानमा पार्थीव शरिरमा प्रदेश भलिबल संघको झण्डा ओढाइने छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया