उपल्लो मुस्ताङीलाई चिनिया राहत

समाधान संवाददाता २०८० मंसिर १ गते ११:१३

जोमसोम ।
नाका खुलेको पहिलो दिनै उपल्लो मुस्ताङीले ठूलै परिमाणमा राहत सामग्री पाएका छन् । उपल्लो मुस्ताङका लागि चीनले १ लाख केजी खाद्यान्न र लत्ताकपडा दिएको हो ।


नेपाल—चीन (नेचुङ—लिजी) कोरला नाका उद्घाटनअघि आइतबार उपल्लो मुस्ताङी नप्रतिनिधि तथा सरोकारवालाको रोहबरमा चीनले उपल्लो मुस्ताङीलाई दिएको ठूलो परिमाणको राहत दिएको हो ।


चीनले कम्बल, सिरक, डसना, चिया (भाक्टु), घीउ र नूद आदि दिएको लोमान्थाङ ५ का वडा सदस्य छेवाङ रिन्जिङ गुरुङले जानकारी दिए । मुस्ताङको (नेचुङ—लिजी) नाका खुला भएसँगै सोही स्थानबाट चीनले उपल्लो डोल्पाका नागरिकलाई पनि खाद्यान्न तथा लत्ता कपडा राहत स्वरुप उपलब्ध गराएको छ ।

Advertisement


सोमबार नाका विधिवत उद्घाटनसहित खुला हुने दिनमा राहत सामग्री ढुवानी गर्न दर्जनौ ट्रक तथा ट्याक्टरहरु कोरला पुगेका थिए । नाका खुलेको दिन उपल्लो मुस्ताङी व्यक्तिगत रुपमा पनि चिनिया सामान किनमेल गरी र्फिर्कएका थिए । उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दालाई बेला बेलामा चीन सरकारले खाद्यान्न तथा लत्ता कपडा दिने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया