पोखरामा भिन्तुना र्‍याली

समाधान संवाददाता २०८० मंसिर १ गते १२:५९

पोखरा ।

मैलिक नेपाल संवत् ११४४ को अवसरमा पोखरामा र्‍यालीसहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत्लाई विशेष रूपमा मनाउने गरी भिन्तुना र्‍यालीसहित विविध कार्यक्रम गरेको हो ।
नेवा छेः मा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले नेवार समुदायले शरीरको पूजा गरेर मनाउने यो पर्व (नयाँ वर्ष) विशेष भएको उल्लेख गरिन् ।


कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले राष्ट्रका नाममा राखिएको र प्रचलित नेपाल संवत्लाई राज्यले अपहेलना गरेको धारणा राखे । उनले संसारका कुनै पनि मुलुकमा आफ्नो राष्ट्रका नाममा संवत् नभएको तर नेपालमा भएकाले यसलाई कामकाजी संवत्का रुपमा ल्याउन आवश्यक रहेको बताए । नेवारी समुदायका शंखध्वर शाख्वाको योगदानको कदर गर्दै नेपालमा नेपाल संवत्को सुरुआत भएको हो । उनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिका रुपमा सम्मान सहित उल्लेख गरेको छ ।

Advertisement


नेपाल संवत्कै अवसरमा बिहान पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो । कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः नेवा पत्रकार पुच लगायत विभिन्न जातीय समुदायहरूको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्‍यालीसहित नेव छेः कास्कीको हलमा आएर औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।


पृथ्वीचोकबाट सुरु र्‍याली नयाँबजार, महेन्द्रपुल, पाखिलेचोक, तेर्सापट्टि हुँदै नेवा छेँकै भवनमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागी हुने समूहहरूका प्रतिनिधिहरु जातीय सांस्कृतिक पोसाकसहितको उपस्थित थिए । र्‍यालीमा उत्कृष्ट हुने समूहमध्ये प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद ५/५ हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया