जस्तापाता हस्तान्तरण

समाधान संवाददाता २०८० मंसिर १ गते १३:०१

पोखरा ।
लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङकी गीता श्रेष्ठको घर निर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका वडा नम्बर ३ अर्चलकोटका गीता श्रेष्ठको घरको छानो जीर्ण बन्दै गएपछि लायन्स क्लव युनाइटेड चौतारीले घरको छानो पुननिर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको हो ।


सो अवसरमा लायन्स क्लबका जोन चियर पर्सन जयराम आचार्यले लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले सामाजिक काम अन्तर्गत तनहुको घिरिङ गाउँपालिका अर्चलबोटस्थित गीता श्रेष्ठको घरको छानो निर्माणका लागि जस्तापाता हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे ।


घरधनी गीता श्रेष्ठले लायन्यस क्लब अफ पोखरा युनाइटेड चौतारीको सहयोगले आफ्नो घरको छानो निर्माण गरिदिएकोमा धन्यवाद व्यक्त गरे । ढुंगाको छानो रहेको आफ्नो घरको छानो जीर्ण अवस्थामा रहेकोमा लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको सहयोगमा जस्तापाता हस्तान्तरण गरेर आफूलाई ठूलो गुण लगाएको श्रेष्ठको भनाइ थियो । लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष एकनारायण गौतमले युनाइटेड चौतारीले सामाजिक कार्य अन्तर्गत यसपटक जस्तापाता हस्तान्तरण गरिएको बताए ।

Advertisement


क्लबका पूर्व अध्यक्ष तथा डिस्ट्रिक जीएसटी कोअडिनेटर राजु श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा डिस्ट्रिक कोचिफ सुकबहादुर गुरुङ, घिरिङ गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका जुनमाया थापा, क्लबका प्रथम उपाध्यक्ष सुशीलबहादुर थापा, सचिव ईश्वर शर्मा, सहकोषाध्यक्ष सूर्य उप्रेती, लायन गणेशबहादुर खड्का, सर्भिस चियरपर्सन लायन सिद्धिकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया