माछापुच्छ्रे इन्जिनियर तथा आर्किटेक्ट फोरममा अधिकारी

समाधान संवाददाता २०८० मंसिर १ गते १३:११

पोखरा ।
कास्की माछापुच्छ्रे गाउँपालिका इन्जिनियर तया आर्किटेक्ट ग्रुपको मंगलबार बसेको दोस्रो भेलाले सुशील अधिकारीको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । सदस्यहरुमा धीरन विक, जितेन्द्र दाहाल, प्रशंसा पौडेल, जीवन अधिकारी छन् ।


संयोजक अधिकारीका अनुसार माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा कार्यरत साथै सम्बन्धित विषयमा अध्ययनरत स्थानीय इन्जिनियर तथा आर्किटेक्ट बिचको समूह गठन गरिएको हो । यसलाई निकट भविषयमा विधान बनाई नेपालको कानुन अनुरुप पूर्णता दिने योजना रहेको उनले बताए ।


इन्जिनियरिङ क्षेत्रको विकास मोडल र दृष्टिकोण निर्माण, आयोजनाहरुमा इन्जिनियरहरुको भूमिका, योगदान साथै समग्र माछापुच्छ्रे गाउँपालिकाभित्रका विभिन्न आयोजनाहरुमा केन्द्रित रहने उनीहरुको उद्देश्य छ ।

Advertisement

तपाईको प्रतिक्रिया