
जोमसोम ।
चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई लक्ष्य गर्दै लगातार ४ वर्षदेखि बन्द गरिएको मुस्ताङको (नेचुङ—लिजी) उत्तरी कोरलानाका सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ । चीन पक्ष र नेपाल पक्षका सुरक्षा अधिकारीहरुको रोहबर नाका खोलिएको हो ।
सामान्य रुपमा बर्सेनि २ पटक असार र भदौमा अल्पकालीन अन्तरदेशीय मेलाको रुपमा हुने आर्थिक कारोबार कोरोना कहरका बेला चीनले बन्द गरेको थियो । त्यस मेला सीमापारिको तिब्बत बजारमा सामान्य रुपमा उपल्लो मुस्ताङबासीले खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्री, कस्मेटिक सामान लगायत दैनिक उपभोग्य वस्तुको किनमेल हुन्थ्यो ।
तर, सामान्य रुपमा आर्थिक कारोबार गरिँदै आइरहेको मुस्ताङको (नेचुङ—लिजी) कोरलानाकामा चीनले दीर्घकालीन रुपमै नाका खोल्ने सन्देश दिन खोजेको त्यहाँको कार्यक्रमले झल्काएको थियो । नाका खोल्न चीन पक्षका उच्चपदस्थ सुरक्षा अधिकारी र नेपाल पक्षका सुरक्षा अधिकारी, सांसद, जनप्रतिनिधिहरु चीनको लिजीमा एकत्रित भए । त्यहाँ चीनले नाका खोल्न राम्रै तयारी गरेको थियो ।
नाका उद्घाटन समारोहमा चिनियाँ कन्याले नेपाल पक्षलाई स्वागत गरेपछि आतसवाजी गरेर नाका औपाचारिक खुला भएको अन्तर्राष्ट्रिय सन्देश दिन खोजेको जस्तो देखिन्थ्यो । नेपाल—चीन (नेचुङ—लिजी) नाका उद्घाटन गरिएको पहिलो दिन उपल्लो मुस्ताङका झन्डै ७ सय नागरिकले प्रवेश पाए । संघीय सांसदसहित केही प्रदेशका मन्त्री, सचिव, र सांसदहरु त्यहाँ पुगे ।
उपल्लो मुस्ताङी र तिब्बती भाषा सामान उस्तै भएकाले उपल्लो मुस्ताङीलाई कुनै समस्या पर्दैन
नाकामा उद्घाटनमा चीनले नेपाल पक्षलाई निःशुल्क भोजनको व्यवस्था समेत मिलाएको थियो । छोटो समय नेपाल—चीन थोरै वत्ताले बोलेपछि कार्यक्रम समापन भयो र तिब्बती बजारको लिजीको एउटै व्यापारिक महलमा किनमेल सुरु भयो ।
चीन पक्षको व्यापारिक महलमा ढुङ्वासेनका ३ दर्जन बढी खुद्रा व्यापारीहरुले पसल थापेका थिए । त्यहाँ ठूलाठूला मूल्यका सामान थिएनन् । व्यापारिक महलमा खाद्यान्न, लत्ता कपडा, कस्मेटिक, किराना सामान र स्थानीय प्रयोजनमा काम लाग्ने सामान राखिएको थियो ।
कोरला (लिजी) पोर्टको ठूलो व्यापारिक महलमा तिब्बती व्यापारीहरु व्यापार गर्न बसेका थिए । उपल्लो मुस्ताङी र तिब्बती भाषा सामान उस्तै भएकाले उपल्लो मुस्ताङीलाई कुनै समस्या पर्दैन । तिब्बती व्यापारीहरु तिब्बती भाषाबाहेक नेपाली र अंग्रेजी बोल्न जान्दैनन् । यसले तिब्बती भाषा नबुझ्नेलाई तिब्बती बजारमा सामना खरिद गर्न अप्ठेरो पर्ने देखिन्छ ।
उपल्लो मुस्ताङबाहेक तल्लो मुस्ताङी र जिल्लाबाहिरका नागरिक तिब्बती बजारमा गएर सामान किन्न चाहने हो भने मूल समस्या भाषा नै हुन्छ । नेपालीले तिब्बती नबुझ्ने र तिब्बतीले नेपाली नबुझने हुँदा सामानको रेट, बार्गेनिङ र सामानको बारेमा सोधपुछ गर्न समस्या पर्छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले तिब्बत र उपल्लो मुस्ताङीको भाषा, संस्कृति रहन सहन मिल्दोजुल्दो भएकाले यसले खासै फरक नपार्ने बताए । तिब्बत र उपल्लो मुस्ताङबीच सदिंयौ वर्षदेखि सांस्कृतिक, आर्थिक, सामाजिक सम्बद्ध रहेकाले भाषिक समस्या नहुँने अध्यक्ष गुरुङको भनाइ छ ।
कोरलानाका बृहत रुपमा सञ्चालन भएको खण्डमा र तत्कालको अवस्थामा कुनै गैर समुदायको ब्यक्ति चीनको तिब्बती बजारमा किनमेल गर्न गए एक जना दोभासे आवश्यक पर्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिए । तिब्बती बजारमा भाषिक सहजीकरणका लागि दोभाषे नभए अप्ठेरो पर्ने उनले बताए ।
उनले औपाचारिक रुपमा ऐतिहासिक रुपले नेचुङ—लिजी नाका उद्घाटन भएको र यसले पूर्व रुपमा नाका सञ्चालन गर्न ठूलो महत्व र प्रभाव पार्ने बताए ।
चीन सरकारले मुस्ताङको उत्तरी कोरलानाकालाई ठूलो व्यापारिक हबको रुपमा विकास गर्न चाहन्छ । यो तथ्य चीनले तयार गरेको ठूलाठूला भौतिक संरचनाले पुष्टि गर्छ । नेपाल—चीन कोरलानाकामा चीने भन्सार, सुख्खा बन्दरगाह, अध्यागमन, सुरक्षा पोष्ट लगायत व्यापारिक महल बनाइसकेको छ । निकट भविष्यमा चीनले ठूलाठूला व्यापारिक कारोबारको होलसेल व्यवसाय गर्ने तयारी गरेको देखिन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया