आई एन एफ नेपालको ७१ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८० मंसिर ३ गते ११:५२

पोेखरा ।
आई एन एफ नेपालको ७१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालमा स्वास्थ्य सेवाका लागि अग्रणी संस्था आईएनएफ, ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग गर्ने र सामाजिक समावेशीतालाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको तथ्य उजागर गर्दै पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आईएनएफ नेपालसँग सहकार्य गरि अघि बढ्ने प्रतिवद्घता व्यक्त गरेका थिए ।

Advertisement


कार्यक्रमका सभापति एवं आई एन एफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदान सहित गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको तर्फ जोड दिए । बोर्ड सल्लाहकार डा. दीपेन्द्रकुमार गौतम र बोर्ड उपाध्यक्ष राजेन्द्रकुमार अधिकारीले पनि त्यस अवसरमा आआफ्ना धारणा राखे । आई एन एफ नेपालका गतिविधि र दीर्घकालीन योजनाका बारेमा कार्यकारी निर्देशक कृष्ण अधिकारीले प्रकाश पारे ।


पोखरा महानगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधान, वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानिया, गैससं महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, पोखरेली ख्रीष्टीय समुदायका अध्यक्ष रामप्रसाद शर्मा, आईएनएफ ईन्टरनेसनल बोर्डका अध्यक्ष फिल लिण्जे लगायतले शुभकामना मन्तव्य दिए ।

Advertisement


डा. सर्ली हेउडलाई ११ औँ स्वास्थ्य अर्वाड नेपाल बिजेता भएकोमा तथा डा. शुभेच्छा देवा श्रेष्ठलाई फिगो अर्वाड युके बिजेता भएकोमा कार्यक्रममा सम्मान गरिएको थियो ।


ओबिई इन द किङ्स न्युयिएर अर्बाड, युकेद्वारा सम्मानित भएकोमा डा. माइकल स्मिथ तथा इकेएफ डेभलपमेन्ट करपोरेसन इन मेडिसिन अर्वाड, जर्मनी विजेताद्वय दोरथीदास परियार र थमबहादुर गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुका बारेमा स्वास्थ्य सेवा निर्देशक डा. अरुण कुमार बुढाले जानकारी गराए ।

Advertisement


कार्यक्रममा विसं २०७७ पछि अवकाश प्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिनुका साथै खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । हरियोखर्क अस्पतालका कर्मचारीहरूद्वारा विविध सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रमको सन्चालन कर्मचारी धनमाया गुरुङले गरेकी थिइन् । समारोह अघि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।


विसं २००९ सालमा स्थापित आईएनएफले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पुर्‍याउँदै आइरहेको छ । संस्थाले सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत तीन अस्पतालसंगै बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा अविछिन्न रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया