चक्रदेवी सहकारीको ५६ औं सभा

समाधान संवाददाता २०८० मंसिर ३ गते १३:०४

लेखनाथ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० रहेको शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको ५६ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीहरुले ठाउँ विशेषलाई मध्यनजर राख्दै एक सहकारी एक कृषि उत्पादनतर्फ नजाने हो भने सहकारीको क्षेत्रमा ठु्लो संकट आउन सक्ने सम्भावना औंल्याएका थिए ।


कृषि विकास बैंक गगनगौडा शाखाका पूर्व शाखा प्रमुख हरिप्रसाद पराजुलीले सहकारीको जुन मूल्य र मान्यता छ सोही अनुसार संस्थाहरु सञ्चालन नहुँदा सहकारीको क्षेत्रमा समस्या देखिएको बताए । उनले यसको निराकणका लागि राष्ट्रिय सहकारी ऐनको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव राखे ।


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीले पनि व्यावसायिक उत्पादन सुरु गरी आफना सेयर सदस्यहरुलाई आन्तनिर्भरको बाटोतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement


संस्थाका अध्यक्ष ऋषिराम जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा ग्रिन डेभलमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बुढाथोकी, शिशुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवीनप्रसाद बास्तोला, सम्पूर्ण सेयर सदस्यहरुको तर्फबाट शारदा लामिछाने र पूर्व अध्यक्ष सोमलाल कँडेल लगायतले सुसुप्त अवस्थामा रहेको संस्थालाई पुनर्जागरण गरी अहिले स्वर्ण महोत्सव मनाउने हैसियतसम्म पु¥याउनुमा सबैको साथ र सहयोग रहेको बताएका थिए ।


विभिन्न सम्मानका कार्यक्रमहरु समावेश गरिएको कार्यक्रमको सञ्चालन सचिव उपेन्द्रराज पौडेलले गरेका थिए । धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष शिवप्रसाद बास्तोला र स्वागत मन्तव्य उपाध्यक्ष अर्जुनकुमार ताम्राकारले गरेका थिए । ९ सय ८५ सेयर सदस्यहरु रहेको संस्थाको सेयर पुँजी ६ करोड ८० लाख ४५ हजार ९ सय छ ।

Advertisement

तपाईको प्रतिक्रिया